मेटलाइफ फाउन्डेशनले २५ मिलियिन डलर आर्थिक सहयोग

काठमाडौँ-मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर आर्थिक सहयोग गर्ने घोषण गरेको छ। विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण हाल विश्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउन्डेशनले उक्त आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक मिशेल खलाफले मेटलाइफ फाउन्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको र त्यो समुदायलाई आफूले सक्ने जति सबै सहयोग गर्ने बताए।

फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्ने जनाएको छ।

यस्तैे आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग र्पुयाउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहेन फाउन्डेशनले जनाएको छ।

यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेको जानकारी दिएको छ।

फाउन्डेशन कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न अग्रसर रहेको जनाएको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू