पर्साको १० स्थानीय तहको क्वारेन्टाइन ३९ जना भर्ना

पर्सा-भारत तथा तेस्रो मुलुकबाट फर्किएका ३९ जना पर्साका विभिन्‍न स्थानीय तहहरुमा बनाइएका क्वारेन्टाइनमा बसेका छन्।

जिल्लाको १० वटा स्थानीय तहहरुमा बनाइएको क्वारेन्टाईनमा ३९ जना बसेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।यस्तै ती क्वारेन्टाईनबाट १ सय ३७ जना क्वारेन्टाईनबाट बसेर फर्केको बस्नेतले बताए।

वीरगञ्‍ज महानगरपालिकाको सिद्धार्थ माबिमा ५० र केडिया डेन्टल अस्पतालमा ५० बेडसहित निर्माण गरिएको एक सय बेडको क्वारेन्टाईनमा ६ जना बसेका छन्।उनीहरु सबैजना सिद्धार्थ माविको क्वारेन्टाईनमा बसेका हुन भने, यहाँबाट १ सय ३५ जना क्वारेनटाईनबाट फर्केका छन्।केडिया डेन्टल अस्पतालको क्वारेन्टाईन भने खाली रहेको छ।

कालिकामाई गाउपालिकाको हरिहरपुर बिर्ता बिधालयमा निर्माण गरिएको ८ बेडको क्वारेन्टाईनमा २ जना बसेका छन,भने छिपहरमाइ गाउपालिकाको भिस्वामा निर्माण गरिएको १५ बेडको क्वारेन्टाईनमा ६ जना बसेका छन्।

यस्तै पकहा मैनपुर गाउपालिकाको श्री राम चरित्र भगत माबिमा निर्माण गरिएको १० बेडको क्वारेन्टाइनमा ५ जना बसेका छन भने,पटेर्वा सुगौली गाउँपालिकाको निचुटा र लक्ष्मीपुर बिधालयमा निर्माण गरिएको १० बेडको क्वारेन्टाईनमा ९ जना बसेका छन्।

जिल्लाको पर्सागढी नगरपालिकाको ने.रा.मा.बि.हरपुरमा निर्माण भएको १० बेडको क्वारेन्टाईनमा ४ जना बसेका छन्।यहाँको क्वारेन्टाईनबाट २ जनलाई फिर्ता पठाइएको छ।त्यस्तै पोखरिया नगरपालिकाको उच्च माबिमा २० बेड क्षमता भएको क्वारेन्टाईनमा ७ जना बसेका छन्।

सखुवा प्रसौनी गाउपालिकाको दिप नारायण मा बि औराहामा निर्माण गरिएको १० बेडको क्वारेन्टाईन,बिन्दबासिनी गाउपालिकाको झौवा माबि र बहुअर्वा माबिमा बनाइएको २५ बेड र धोबिनी गाउँपालिकाको भिखमपुर बिधालयमा निर्माण गरिएको १० बेडको क्वारेन्टाईन हालसम्म खाली नै रहेको छ।

१० वटा स्थानीय तहहरुमा कुल २ सय १८ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ।जिल्लामा रहेका बहुदरमाइ नगरपालिका,जगरनाथपुर गाउपालिका,ठोरी र जिरा भवानी गाउँपालिका गरि ४ स्थानीय तहहरुमा क्वारेन्टाईन निर्माण भएको छैन।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्