विपन्‍न र मजदुर वर्गलाई वडाको राहात

दाङ-लमही नगरपालिका वडा नं. ६ ले दुई सय १५ अति विपन्न र मजदुर वर्गको पहिचान गर्‍यो। ती विपन्‍न वर्गलाई राहतको प्याकेज तयार पारियो।

६ जना भन्दा बढी परिवार संख्या भएको घरधुरीलाई ५० किलो चामल, त्यो भन्दा कम परिवार संख्या भएकालाई २५ किलो चामल वितरण गर्ने योजना बन्यो।

सोही अनुसार सोमबार वडाको टोल टोलमा पुगेर राहात वितरण गरिएको वडा नं. ६ का अध्यक्ष गणेशमान चौधरीले जानकारी दिए ।‘राहात वितरणको लागी एउटा सर्वदलिय, सर्वपक्षीय टिम बन्यो।

त्यो टिमले मानिसहरुको पहिचान गर्‍यो’ वडा अध्यक्ष चौधरीले भने-‘सर्वदलीय, सर्वपक्षीय समिति बनाएर अभियान थाल्दा प्रभावकारी भयो।’ विपन्‍न वर्गलाई दुई किलो दाल, एक लिटर तेल, एक किलो नुन दिइएको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्