संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ– संसदको चालु हिउँदे अधिवेशन अन्त्य अन्त्य भएको छ।

संघीय संसद सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको चालु अधिवेशन आजैबाट अन्त्य भएको जानकारी दिएको छ।

हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको थियो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपतिबाट सरकारको सिफारिस अनुमोदन भएको हो।

पछिल्लो पटक फागुन २९ गतेपछि कोरोना भाइरसका कारण बैठक बस्न सकेको थिएन। चौथोपटक सूचना टाँस गरेर बैठक चैत ३० गतेसम्मको लागि सारिएको थियो।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्