सर्वोच्चद्वारा भेन्टिलेटर थप्न र परीक्षण बढाउनसहित सरकारलाई नौबुँदे परमादेश

सर्वोच्च अदालत

सर्वोच्च अदालतले परीक्षणको दायरा बढाउन र भेन्टिलेटर थप्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको आइतबार र सोमबार बसेको इजलासले सरकारका नाममा योसहित सोमबार नौबुँदे परमादेश जारी गरेको हो। सर्वोच्चले सीमामा रहेका नेपालीलाई फर्काउने विषयको रिट भने ‘हेर्दाहेर्दै’ मा राखेको छ।

सरकारले अहिलेसम्म १६४५ वटा कोरोना भाइरस संक्रमणको परीक्षण भएकामा यसको दायरा बढाउन पनि सरकारलाई परमादेश गरेको छ।

त्यस्तै, क्वारेन्टाइनको अवस्था डब्लुएचओको मान्यताअनुसार स्तरोन्नति गर्न, भेन्टिलेटरको संख्या बढाउन, निजी अस्पतालका चिकित्सकहरुका लागि पीपीईलगायत सुरक्षा सामग्री तत्काल व्यवस्था र कोरोना भाइरसबाहेकका समस्याका लागि छुट्टै अस्पताल व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई जारी गरेको परमादेशमा उल्लेख छ।

सर्वोच्चले कृषिकार्यमा राहत दिन, दैनिक ज्यालादारीका लागि राहत व्यवस्था गर्न निर्देशन दिँदै तल्लो वर्गका लागि राहत प्रभावकारी बनाउन पनि सरकारलाई भनेको छ।

सर्वोच्चले धार्चुलालगायत विभिन्न सीमावर्ती स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै दायर गरिएको रिटलाई भने हेर्दाहेर्दैमा राखेको छ।

(यसअघि समाचारमा तथ्य फरक पर्न गएकोमा हामीले  क्षमायाचनासहित अपडेट गरेका छौँ।)

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू