हुम्लामा ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना

सिमकोट– हुम्लामा जिल्ला सुरक्षा समितिको बैठकले ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना गरेकाे छ। कोभिड १९ को संक्रमणबाट जिल्लाबासीलाई जोगाउन उक्त सेन्टर स्थापना गरिएको हो।

जिल्ला विपद व्यवस्थापन समितिकी संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा सात सदस्यीय क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना भएको हो।

सेन्टरले कोभिड १९ संक्रमणबाट जोगिन विभिन्न गतिविधिहरु संचालन गर्नेछ।

त्यसैगरि समितिको बैठकले पाँच सदस्यीय संयुक्त अप्रेशन केन्द्र पनि स्थापना गर्ने निर्णय गरेको छ। सो समितिले शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रणको कार्य पनि गर्नेछ।

केन्द्रीय सर्कुलर अनुसार सुरक्षा समितिको बैठकले आर्पूति तथा अत्यावश्यक सेवा सहजिकरण कार्य गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

साथै समितिको बैठकले सूचना तथा प्रविधि कार्यका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरेको छ। यी सबै समितिहरु कोरोना संक्रमणविरुद्ध केन्द्रित हुने बताइएको छ।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्