बलिउड निर्माता करीम मोरनीकी छोरीलाई कोराेना संक्रमण

एजेन्सी– ‘चेन्नई एक्सप्रेस’ र ‘रा–वन’ जस्ता बलिउड चलचित्रका निर्माता करीम मोरनीकी छोरी शाजालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नमुना परीक्षण पश्चात रिपोर्ट पोजेटिभ आएपछि उनलाई मुम्बईको नानावटी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

साथै उनका परीवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ।

शाजाको कुनै ट्राभल हिस्ट्री नभएको करीम मोरनालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शाजाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

चैत २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्