अब केही दिन बन्दै हुनेछ कालीमाटी तरकारी बजार (फोटो फिचर)

तस्बिरहरु- बर्षा शाह

काठमाडौँ- कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल सरकारले लकडाउन गरेको छ।

लकडाउनको आज १५ दिन पुगेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारलाई पनि लकडाउनले छोएको छ। कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी खरिदका लागि उपभोक्ताको भिड लाग्ने गरे पछि पहिला लकडाउनमा पाँच बजेबाट उपभोक्ताका लागि खुल्ने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार हिजोआज बन्द छ। अहिले बिहान २ बजेबाट बिहान ६ बजेसम्म त्यो पनि बिशेष गरी थोकमा तरकारी लग्नेहरुका लागि मात्र बजार खुल्ने गरेको छ। बिहान पनि बुधबार एकदिन खुल्ने र त्यसपछि केही दिन कालीमाटी तरकारी बजारबाट बिक्रीवितरण नहुने भएको छ।

त्योसँगै भिड भएपछि काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ११ स्थानका तरकारी बजार सुरु गरेको छ।

महानगरपालिकाले कालिमाटी तरकारी बजारबाहेकका विभिन्न ११ स्थानमा मंगलबारदेखि तरकारी बजार सञ्चालनमा ल्याएको छ।

महानगरपालिकाले मंगलबारदेखि कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोंगबु चोक र वसुन्धरा चोकमा तरकारी पसल सञ्चालनमा ल्याएको हो। त्यस्तै गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा पनि तरकारी तरकारी पसल सञ्चालनमा ल्याएको छ। अहिले कालिमाटट्माठ थोरै मात्राको तरकारी खरिदमा रोक लगाइएको छ।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

चैत २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्