ट्वीटरका प्रमुखले दिने भए एक अर्ब अमेरिकी डलर

सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
डोर्सीले आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम सहयोग गर्ने बताएका छन् । उनले ट्वीट गरेर सहयोगको घोषणा गरे । उनले लेखेका छन्, ‘आवश्यकता बढ्दोक्रममा र अत्यन्त जरुरी रहेको छ ।’
डोर्सीले आफ्नो सहयोग रकम कहाँ जानेछ भन्ने स्पष्ट पारेका छैनन् । अमेरिकामा हाल कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि भेन्टिलेटरको अभाव छ ।
यस्तै व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) को अभाव टड्कारो भएको छ भने कोरोना भाइरसका कारण व्यवसायी र सर्वसाधारणहरु पनि समस्यामा परेका छन् ।
अनलाइन भुक्तानी सेवा प्रदान गर्ने एप्लिकेशन स्क्वायर र ट्वीटरका संस्थापक तथा दुवै संस्थाका प्रमुख कार्यकारी डोर्सीले सहयोगका लागि स्क्वायरमा आफ्नो शेयरको अंशबापतको रकम प्रयोग गरेका छन् ।
I’m moving $1B of my Square equity (~28% of my wealth) to #startsmall LLC to fund global COVID-19 relief. After we disarm this pandemic, the focus will shift to girl’s health and education, and UBI. It will operate transparently, all flows tracked here: https://t.co/hVkUczDQmz
— jack (@jack) April 7, 2020