फ्रान्समा कोरोना भाइरसबाट १० हजार भन्दा बढीको मृत्यु

नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । फ्रान्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएका १० हजार ३२८ जनाको मृत्यु भएको हो ।

योसँगै फ्रान्स कोरोना भाइरसबाट १० हजार भन्दा बढीको ज्यान जाने चौथो देश भएको छ । कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा धेरै १७ हजार १२७, स्पेनमा १४ हजार ४५ तथा अमेरिका १२ हजार ८५४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा मार्च १ मा पहिलो व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । मंगलबार थप ६०७ जनाको मृत्यु भएसँगै १० हजारको आँकडा पार भएको हो । यस्तै रिटायर होममा थप ८२० जनाको मृत्यु भयो ।

फ्रान्समा मार्च १५ देखि लकडाउन लागु भएको छ । अहिलेसम्म फ्रान्समा संक्रमितको संख्या एक लाख ९ हजार ६९ जना संक्रमित भएका छन्।

विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ८२ हजार ८० जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या १४ लाख ३१ हजार ७०६ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै तीन लाख २ हजार १५० जना संक्रमण निको भएर घर फर्किएका छन् ।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्