वीरगञ्ज कारागारबाट ३३ कैदी छाडिए

सांकेतिक तस्बिर।

वीरगञ्ज – मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ।

सर्वोच्च अदालतले गरेको निर्णयनुसार एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको तीन सय तिरेर छाड्ने निर्णय गरेपछि वीरगञ्ज कारागारबाट ३३ जना रिहा भएका हुन्।

जिल्ला अदालत पर्साका अनुसार सजाय छुटका लागि निवेदन परेका ३८ मध्ये ३३ जनालाई छाड्न आदेश दिएपछि रिहा भएका हुन्।

छुट्ने कैदीमध्ये बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लगायत मुद्दामा सजाय काटिरहेका कैदी छन्। अरु कारागारबाट पनि सम्बन्धित जिल्ला अदालतको आदेशपछि कैदी रिहा भएका छन्।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्