११ दिनपछि बुझे परिवारले बाबुुरामको शव, श्रीमतीलाई रोजगारी र छोराहरुको निःशुुल्क शिक्षा दिलाउने सहमति

बुटवल- उपचारको क्रममा बुुटवलको कोरोना अस्पतालमा मृत्युु भएका रुपन्देहीको सैनामैनाका बाबुुराम थापाको शव बुुझ्न परिवार राजी भएको छ।

बुुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि ज्यान गुमाएको ११ दिनपछि बाबुुरामको शव बुझ्ने सहमति जुटेको हो।

छलफलमा सहभागी मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनालले श्रीमतीलाई रोजगारी छोराहरुको निःशुुल्क शिक्षा र तत्कालको लागि आर्थिक व्यवस्थापन जुुटाइदिने सहमति पछि परिवार शव बुुझ्न राजी भएको जानकारी दिए।

थापाकी श्रीमती रीताले पनि छलफलपछि शव बुझ्ने सहमति भएको जानकारी गराइन्।

खनालले भने, ‘मृतकको श्रीमतीलाई सैनामैना नगरपालिकाले रोजगार दिने, दुुई छोरोलाई १२ कक्षासम्म निःशुुल्क शिक्षाको व्यवस्था गर्ने, तत्कालको आर्थिक व्यवस्थापनको लागि ८ लाख ४१ जना हजार नगद रकम उपलब्ध गराउने सहमति भयो।’

लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको शव परिवारले बुुधबार नै बुझेर अन्तिम संस्कार गर्नेछन्। यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ। पीडितपक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फी दवावको लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो। पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ। दुबईबाट चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए।

अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्