नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक डिजिटल क्‍यालेन्डर सार्वजनिक

काठमाडौँ-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ।

नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो।

डिजिटल क्यालेन्डरलाई कुनै पनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित लिंकमा गई सहजै प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास लिएको छ।

यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

चैत २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्