१०१ वर्षका किथले जिते कोरोना भाइरसलाई

विश्वव्यापी महामारीको रुप लिएर अहिले विश्वभर संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका व्यक्तिमा हुन्छ ।

चीन तथा अमेरिकामा भएका अध्ययन तथा विश्वभरबाट प्राप्त भएका तथ्यांकका विश्लेषणमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी पर्ने तथा मृत्यु हुने जोखिम पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको छ ।

तर बेलायतको वोरसेस्टरशायरका १०१ वर्षका व्यक्तिले कोरोना भाइरसलाई जितेका छन् । १०१ वर्षका किथ वाट्सनलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । तर उनले कोरोना भाइरसलाई जितेका छन् ।

अस्पतालबाट निको भएर घर फर्किएका किथसहितको तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै शेयर भएको छ । किथ बुधबार अस्पतालबाट बिदा भएका हुन् ।

चैत्र २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू