नेपालगञ्‍ज भित्रिने मालवाहक गाडीलाई ‘सेनिटाइज’

नेपालगञ्‍ज-नेपालगञ्ज उपमहानगरपालिकाले भारतबाट नेपालगञ्ज भित्रिने मालवाहक गाडीलाई सेनिटाइज गरेरमात्रै प्रवेश गराउन थालेको छ।

दैनिक ठूलो संख्यामा आउने मालवाहक ट्रकबाट पनि कोरोनाको जोखिम हुन सक्ने चर्चा भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि सेनिटाइज शुरु गरेको हो।

नेपालगञ्ज भित्रिने मालवाहक गाडीलाई क्लोरिनको झोलले सेनिटाइज गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका गणेश कार्कीले जानकारी दिए।

पहिलो दिन शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका कर्मचारीले सेनिटाइज गरेका छन् । भोलीदेखि यो काम सशस्त्र प्रहरीलाई जिम्मा लगाउने तयारी भएको छ ।

भारतबाट दैनिक ५५ बढी मालवाहक ट्रक नेपालगञ्ज भित्रिने गर्दछ । ती गाडी अत्यावश्यक सामाग्री लिएर आउँछन्।

लकडाउनसँगै दुवै देशले मान्छेको आवतजावत पूर्णरुपमा रोकेका छन् । भारतमा रहेका नेपालीलाई भारत र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गरिरहेका छन् ।

चैत्र २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्