लकडाउनमा रुख काटिन थालेपछि गस्ती गर्दै उपभोक्ता र वन कर्मचारी

दाङ- लकडाउनको बेला गढवा–४ सालझुण्डी सामुदायिक वनभित्र रुख काटिन थालेपछि उपभोक्ता र वन कर्मचारीले गस्ती गर्न थालेका छन्।
शुक्रबार मात्रै उपभोक्ता र वनका कर्मचारीले अनुगमन गर्दा १५ ओटा रुखको ठूटा फेला परेपछि गस्ती गर्न सुरु गरेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलक्षण शाहले बताए।
उनले भने, ‘ गढवा–४ सालझुण्डी सामुदायिक वन भित्र रुख काटिएका ठूटा छन्। ती ठुटा ताजा रहेकाले चोरी निकासी बढ्दै गएको थाहा भयो। हामीले
वन भित्र हुने चोरी निकासीलाई नियन्त्रण गर्न नियमित अनुगमन गर्न थालेका छौं।’
यस्तै उपभोक्ता कल्याण सिंह यादवले भने ठूटा लकडाउनको समयमा र लकडाउन अघि रुखको काटिएको हुन सक्ने बताए। ‘समितिका पदाधिकारीको संलग्नताको आशंका छ’उनले भने–‘मौवाको काठ विना निर्णय विक्रि गरेको पाइएको छ।’