बाँकेमा ७० जनाको नमुना परीक्षण, सबैको रिपाेर्ट नेगेटिभ

नेपालगञ्ज – काेराेना भाइरस संक्रमणको आशंकामा हालसम्म बाँकेबाट पठाइएकाे ७० जनाकाे नमुना परीक्षणको रिपाेर्ट नेगेटिभ आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले हालसम्म पठाइएका सबै स्याम्पल रिपाेर्ट नेगेटिभ आएको जानकारी दिए।

श्रेष्ठका अनुसार भेरी अस्पतालबाट २१, नर्सिङहोम नेपालगञ्जबाट २०, कोहलपुरबाट १०, आर्मी अस्पतालबाट दुई, महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट ७ र दशगजामा बनाइएको क्वारेन्टाइनबाट १० जनाको नमुना परीक्षणका लागि पठाइएको थियो।

नमुना शुरुमा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइए पनि पछि रुपन्देहीस्थित प्रयोगशालामा पठाइएको थियो। बाँकेका विभिन्न क्यारेन्टाइनमा हालसम्म ४ सय ८९ जना बसेका छन्। सबैको स्याम्पल जाँच हुन सकेको छैन।

भेरी अस्पतालमा आएको ल्याबको जडान सकिने बित्तिकै यही जाँच गर्ने तयारी भएको छ।

चैत्र २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्