कोभिड–१९ बाट न्यूजिल्याण्डमा पाँचौँ व्यक्तिको निधन

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणका कारण पाँचौँ व्यक्तिको मृत्यु भएको छ । ८० वर्ष माथिका पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।

क्राइस्ट चर्च स्थित केयर होममा रहेका ती व्यक्तिको कोभिड–१९ बाट निधन भएको हो । सो केयर होममा रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ र उनीह कोभिड–१९ बाट मृत्यु हुने त्यहाँका तेस्रो व्यक्ति हुन् ।

न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ सय ४९ रहेको छ । संक्रमितको संख्या कम भए पनि देशमा लागु लकडाउन अन्त्य नहुने प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बताएकी छन् ।

बैशाख १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्