आँधीका कारण अमेरिकामा कम्तीमा ११ को मृत्यु

एजेन्सी-अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।

देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो ।

अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाएअनुसार घटना आइतबार भएको थियो ।

मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘“नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ ।” उनले आँधीबाट पिडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए।

“आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन्।

उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन्।

पूर्वानुमान विभागले यस्तो आँधी आउनसक्ने अनुमान पहिले नै गरिएको बताएको छ । विभागले यस आधीलाई अपेक्षित नै भएको जनाएको छ ।

बैशाख १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्