केनलाई बेच्ने तयारी छैन, घरेलु प्रतिस्पर्धीलाई त बेच्दै बेचिँदैनः टोटनह्याम

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामले स्ट्राइकर ह्यारी केनलाई आउँदो समरमा क्लबबाट बाहिर दिने कुनै मनसाय नरहेको बताएको छ । यस्तै घरेलु लिगका प्रतिस्पर्धी क्लबलाई केन अनुबन्ध गर्न नदिने पनि टोटनह्यामले स्पष्ट पारेको छ ।

२६ वर्षका केनले सन् २०१८ को जुनमा टोटनह्यामसँग ६ वर्षको सम्झौता गरेका थिए । गएको महिना केनले आफू टोटनह्याममा उपाधि नजित्ने देखिए बस्नका लागि मात्रै नबस्ने बताएका थिए ।

यस्तै टोटनह्यामका अध्यक्ष ड्यानिएल लेवी पनि २०० मिलियन पाउण्ड पाएमा केनलाई बेच्ने मनसायमा रहेको खबर आएका थिए ।

तर टोटनह्यामले भने तत्काल केनलाई बिदा गर्ने कुनै तयारी नरहेको बताएको हो । इंग्ल्याण्डका कप्तान केनमाथि म्यानचेस्टर युनाइटेडले लामो समयदेखि नजर लगाउँदै आएको छ ।

बैशाख २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्