काठमाडौँ – लकडाउनका कारण सार्वजनिक गतिविधि मात्रै ठप्प भएका छैनन्, घण्टाघरको घडी पनि रोकिएको छ ।

काठमाडौँ उपत्यकालाई समय बताउने प्रतिकका रुपमा रहेको घण्टाघरको घडी लकडाउनसँगै रोकिएको छ। घण्टाघरको ठूलो घडीमा विगत केही हप्तादेखि ११ बजेर ४७ मिनेट गएको छ।

बिग्रेको घडीले दुईपटक सही समय बताउँछ भनेजस्तै अहिले घण्टाघरको घडीले पनि बिहान र राति दुईपटकको मात्रै सही समय दिइरहेको छ ।

नियमित रुपमा घडीको सुई मिलाउने र काठमाडौँ नगरलाई सही समय बताउने जिम्मेवारी पाएका व्यक्ति आफन्तको निधन भएका कारण घर गएका थिए । लकडाउनका कारण उनी फर्किन पाएनन्, त्यससँगै घण्टा घरको घडी पनि रोकिएको छ ।