अन्ततः बाराक ओबामाले गरे जो बाइडेनलाई समर्थन

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई समर्थन गरेका छन् ।

ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका जो बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका एक्ला आकांक्षी हुन् । उनका पूर्व प्रतिस्पर्धी बर्नी सान्डर्सले सोमबार आफ्नो समर्थन प्रदान गरेका थिए ।

त्यसको भोलिपल्ट पूर्व राष्ट्रपति ओबामाले बोइडेनलाई औपचारिक रुपमा समर्थन गरेका हुन् । लामो समयदेखि कसलाई समर्थन गर्ने भन्नेमा चुप रहेका ओबामाको समर्थन जहिले पनि बाइडेनमै रहेको ठानिएको थियो । तर उनले औपचारिक समर्थनका लागि सबै आकांक्षीले चुनावी अभियान अन्त्य गरेपछिको समय रोजेका हुन् ।

पहिलोपटक औपचारिक रुपमा बोल्दै ओबामाले देशभरका डेमोक्र्याटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरी ह्वाइट हाउसमा विजय प्राप्त गर्न आह्वान गरेका छन्।

ओबामाले सोमबार रेकर्ड गरेको भिडियो मंगलबार पोस्ट गरेका हुन् । उनले भिडियोमा बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गरेका छन् ।

उपराष्ट्रपतिको रुपमा बाइडेनलाई रोज्नु आफ्नो सबै भन्दा उत्कृष्ट निर्णय रहेको ओबामाले पुनः स्मरण गरेका छन् । अमेरिकाको नेतृत् वगर्नका लागि बाइडेन सबैभन्दा उपयुक्त नेता रहेको ओबामाले बताएका छन् ।

बैशाख ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्