दुबइबाट फर्किएकी महिलामा देखियो र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ

कास्की- करिब तीन साताअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ।

पोखरा वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीले यसको पुष्टि गरेका छन्।

र्‍यापिड टेस्ट गर्दा उनमा कोरोना संक्रमित भएको र उनलाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि यसको पुष्टि गरेको छ। पोखरा महानगरपालिकाका स्वास्थ महाशाखाका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

बैशाख ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्