कोरियाबाट आएका पुरुषमा भेटियो र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ

चितवन- कोरियाबाट आएका पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ।

पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा (बुधबार) गरिएको र्‍यापिड टेस्ट परीक्षणमा उक्त पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो।

अस्पतालका प्रशासक मोहन खड्काका अनुसार कोरोना पोजिटिभ लगत्तै ती पुरुषलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ।

उक्त पुरुष कोरियाबाट गत फागुन ३० गते नेपाल आएका थिए। उनले भने, ‘उनमा सुरुमा कुनै लक्षण देखिएको थिएन। तर र्‍यापिड टेष्ट गर्दा कोरोनाको पोजिटिभ देखियो। थप परीक्षणका लागि ती युवाको थ्रोट स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाका छौँ।’

बुधबार चितवनमा ३९ जनाको र्‍यापिड टेष्ट गरिएको छ भने तीनजनाको स्वाब संकलन गरिएको छ।

बैशाख ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्