काठमाडौँ – देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रको मौसम भने हाल सामान्तया सफा रहेको मौसमविदले बताएका छन् ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । अपराहन्नपछि पूर्व तथा मध्य क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थान तथा पूर्वी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्