सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्री ओली शितलनिवास हानिए

काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

सचिवालय बैठकमा सल्लाह नगरी नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास पुगेका हुन्।

सोमबार नै प्रधानमन्त्री ओलीको अग्रसरतामा मन्त्रिपरिषद्को बैठकले अनुमोदनका उक्त अध्यादेश राष्ट्रपति भण्डारीसमक्ष पठाएको थियो।

अध्यादेशमा नयाँ दल दर्ता गर्दा संसदीय दल र केन्द्रीय समिति दुबैमा कम्तीमा ४० प्रतिशतको समर्थन भएमात्र पार्टी विभाजन भएको मानिने व्यवस्था भएकोमा ‘ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति’ केन्द्रीय समिति या संसदीय दल’ मा ४० प्रतिशतको समर्थन प्राप्त भएमा पार्टी विभाजनले वैधता पाउने व्यवस्था गरिएको हो।

बैशाख ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्