सिंगापुरमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्‍यो, कामदारको अवस्था भयावह

एजेन्सी- विश्‍वभर कोरोना भाइरस कोभिड १९ले कब्जा जमाइरहँदा सिंगापुरमा भने कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। बुधबार मात्रै सिंगापुरमा नयाँ संक्रमतिहरु १ हजार १६ जनामा देखिएको बीबीसीले उल्लेख गरेको छ।

योसँगै सिंगापुर दक्षिण पूर्वी एसियामा सबैभन्दा धेरै कोरोना संक्रमण प्रभावित देश बनेको छ। यसका साथै दक्षिण एसियामा पनि सबैभन्दा धेरै संक्रमितहरु भने वैदेशिक रोजगारीमा आएका कामदाहरुबाट सरेको बताइएको छ।

यसअघि सिंगापुरले कसरी सुरक्षित रह्ने भन्‍ने नमुना खोजिरहेको थियो भने अहिले कसरी लकडाउनलाई कडा पार्नेतर्फ उन्मुख भइरहेको छ।

यसका साथै त्यहाँ रहेका अधिकांश शयनगृहहरु बन्द गरिएको छ जहाँ वैदेशिक रोजगारका लागि आएका कामदारहरु सुत्‍ने गरेका थिए।

यता, सिंगापुर सरकारले भने कामदारहरुको कोरोना परीक्षण गर्ने तयारी गरेको भने पहिल्‍यै किन नगरेको भन्‍दै कामदारहरुले गुनासो गरेका छन्। उनीहरु दिनप्रतिदिन विरामी हुँदै गएका छन्।

बैशाख १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्