सिटमाथि चढेर दर्शकसँग झगडा गर्न पुग्ने टोटनह्यामका खेलाडीमाथि उजुरी

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका मिडफिल्डर एरिक डियरमाथि फुटबल एसोसिएसनले उजुरी दर्ता गरेको छ।

गएको मार्चमा भएको एफए कप अन्तर्गतको खेलपछि रंगशालाको सिटमाथि चठेर दर्शकसँग झगडा गर्न पुगेको घटनामा एसोसिएनले उनीविरुद्ध उजुरी दर्ता गरेको हो ।

मार्च ४ मा घरेलु मैदानमा भएको एफए कपको पाँचौँ चरणको खेलमा टोटनह्याम नर्विच सिटीसँग पेनाल्टीमा पराजित भएको थियो । सो खेलसकिएपछि दर्शकसँग झगडा गर्न पुगेका एरिकले एफएको इ ३ नियम उल्लंघन गरेको अभियोग छ ।

खेलसकिएपछिको उनको गतिविधि अनुपयुक्त र चेतावनी पूर्ण रहेको निष्कर्षमा एफए पुगेको हो । एरिकलाई सो अभियोगमा आफ्नो सफाइ दिनका लागि मे ८ सम्मको समय छ ।

मार्च ४ को सो खेलमा एरिकले पेनाल्टीमा गोल गरेका थिए । तर नर्विचका गोलरक्षक टिम क्रुलले दुईवटा प्रहार जोगाएर टिमलाई एफए कपको क्वाटरफाइनलमा लगेका हुन् ।

सो खेलपछि प्रतिक्रिया दिने क्रममा टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्होले दर्शकले एरिकलाई अपमानित गरेपछि सो घटना भएको बताएका थिए । उनले व्यवसायिक खेलाडीहरुले त्यस्तो गर्न नहुने बताएका उनले र पनि आफू खेलाडीकै पक्षमा रहेको भनेका थिए ।

बैशाख १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्