काठमाडौं र भक्तपुरको सीमामा सवारी साधनमा स्प्रे (तस्बिरहरु)

काठमाडौं-  भक्तपुर र काठमाडौंको सीमामा सवारी साधनमा कोरोना भाइरसविरुद्धको किटनाशक औषधि छर्किएको छ शुक्रबार।

पूर्वी नेपालतर्फ जाने सवारी दिनदिनै बाक्लिएपछि शुक्रबार रेडक्रसका स्वयमसेवकहरुले सडकमा कोरोनाविरुद्धको ‘डिसइन्फेक्ट स्प्रे ‘ सीमाबाट आउने र सीमा कटेर जाने सवारीहरुमा छर्केको हो।

पूर्वी नेपालतर्फ जाने एम्बुलेन्स, सार्वनजिक यातायात, मोटरसाइकल लगायत निजी सावरीसाधनमन उक्त स्प्रे छर्किएको हो। यसअघि काठमाडौंको विभिन्‍न ठाउँमा पनि उक्त स्प्रे छर्किएको हो।

रेडक्रसका स्वयमसेवकहरुले गाडीलाई रोक्‍दै लाइनमा राखेर स्प्रे छर्किएका हुन्। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

 

बैशाख १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्