ट्रम्प ट्वीट डिलिट गर्न किन बाध्य भए?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ट्वीटर अति प्रिय माध्यमका रुपमा रहँदै आएको छ । आफ्ना महत्वपूर्ण घोषणा, योजना तथा रणनीतिहरु यही माध्यमबाट प्रस्तुत गर्छन् ।
त्यो भन्दा बढी आफ्ना आलोचक तथा विपक्षी विरुद्धका टिप्पणीका लागि ट्रम्पले ट्वीटरलाई प्रयोग गर्ने गरेका छन् । ट्रम्पको सबैभन्दा ठूलो ‘शत्रु’ सञ्चारमाध्यम र पत्रकार हुन् । उनले बारम्बार पत्रकार तथा सञ्चार माध्यमलाई आलोचना गर्ने गरेका छन् ।
आफ्नो विपक्षमा लेख्ने वा बोल्ने सञ्चारमाध्यम र पत्रकारलाई उनले ‘फेक न्यूज’ भन्ने गरेका छन् । पछिल्लोपटक उनले पत्रकारलाई आक्रमण गरेर लेखेको ट्वीट डिलिट गर्न बाध्य भएका छन् ।
आइतबार ट्रम्पले पत्रकारको आलोचना गरेर शृङ्खलाबद्ध ट्वीट गरेका थिए । त्यसमा उनले नोबेल पुरस्कार विजेता पत्रकारले सो पुरस्कार फिर्ता गर्नु पर्ने माग गरेका थिए । तर ट्रम्प यसमा चिप्लिए, उनलाई पत्रकारले राम्रो काम गरे बापत पाउने पुरस्कारको नामै थाहा रहेनछ ।
नोबेल पुरस्कार पत्रकारका लागि छैन । रसायनशास्त्र, अर्थशास्त्र, भौतिकशास्त्र, स्वास्थ्य विज्ञान र साहित्यबाहेक समग्र क्षेत्रका लागि प्रदान गरिने नोबेल शान्ति पुरस्कार पनि छ । नोबेल शान्ति पुरस्कार विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने वा शान्तिको पक्षमा वकालत गर्नेलाई प्रदान गरिन्छ । यसको अर्थ स्पष्ट रुपमा पत्रकारका लागि नोबेल पुरस्कारको व्यवस्था छैन ।
ट्रम्पले भन्न खोजेको शायद पुलित्जर पुरस्कार हुन सक्छ, जुन हरेक वर्ष पत्रकारिताका विभिन्न विधामा प्रदान गरिन्छ । ट्रम्पले आइतबार गरेको ट्वीट अनुसार उनलाई नोबेल पुरस्कार र पुलित्जर पुरस्कारबिचकै भिन्नता थाहा नभएको देखियो ।
उनले ट्वीटमा रुसले अमेरिकाको सन् २०१६ को चुनावमा दखल दिएको भन्ने सम्बन्धमा गरेको रिपोर्टिङ्गका लागि पाएको ‘नोबेल पुरस्कार’ फिर्ता गर्नु पर्ने उल्लेख गरेका हुन् । केही समयपछि उनले सो ट्वीट डिलिट गरेका छन् ।
Trump deleted his “Noble” tweets. (I thought it was ruled he couldn’t do that since as President they’re official government records?)
So here they are so they don’t fade away into oblivion.
P.S. Dear Impeached President Trump, there are no NOBEL prizes for Journalism. pic.twitter.com/u1a71QmIYS— Michael Beck (@MikeTheMaineMan) April 26, 2020