प्रभु बैंकमा आगलागी

चितवन-चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

बिहान ११: २० बजे लागेको आगो ११:४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

बैशाख १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू