मासु प्रशोधन उद्योगलाई उत्पादन जारी राख्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मासु प्रशोधन उद्योगहरुलाई काम जारी राख्न आदेश दिएका छन् । कोरोना भाइरसको महामारीका बेला खाद्यान्नको अभाव नहोस् भन्नका लागि मासु प्रशोधन फर्महरुलाई काम जारी राख्न आदेश दिएको बताएका हुन् ।
उनले उत्पादन जारी राख्न बाध्य पार्नका लागि कोरिया युद्ध ताकाको कानून सक्रिय बनाएका छन् । उत्पादक कम्पनीहरुले आपूर्ति चक्रमा गम्भीर तनाव आउन सक्ने चेतावनी दिएका बेला ट्रम्पले अनिवार्य उत्पादनको आदेश दिएका हुन् ।
हालसम्म मासु प्याकिङ्ग गर्ने ३३ सय अमेरिकी कामदारमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये २० जनाको कोभिड–१९ कारण मृत्यु भइसकेको छ ।
गएको महिना संयुक्त राष्ट्रसंघले विश्वव्यापी रुपमा खाद्यान्नको आपूर्ति चक्रमा गम्भीर चुनौति आउन सक्ने बताएको थियो ।
आपूर्तिमा कुनै समस्या नआओस् भन्नका लागि सन् १९५० को डिफेन्स प्रोडक्सन एक्टलाई सक्रिय बनाएर उत्पादन जारी राख्ने कार्यकारी आदेश दिइएको ह्वाइट हाउसले जनाएको छ ।