कृषिविज्ञ श्रीकृष्ण उपाध्यायसँग कुराकानी

‘कृषिक्षेत्रलाई पनि डिजिटलाइज गर्नुपर्छ’

‘कृषिक्षेत्रलाई पनि डिजिटलाइज गर्नुपर्छ’

श्रीकृष्ण उपाध्याय।

काठमाडौँ – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसकाको संक्रमणका कारण मानव स्वास्थ्य मात्रै प्रभावित भएको छैन। यसले अर्थतन्त्रलाई पनि नराम्रोसँग असर पारेको छ।

प्राय: गतिविधि ठप्प हुँदा अबको विकल्प कृषि क्षेत्र नै रहेको अर्थविदरुहले बताउन थालेका छन्। यसै सन्दर्भमा देश सञ्चारकी पूर्णिमा विकले कृषि क्षेत्रको सम्भाव्यता र अबको योजनाबारे कृषि विज्ञ श्रीकृष्ण उपाध्यायसँग कुराकानी गरेकी छन्।

१) अब नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ ?

कृषिबाट मान्छेको जीविका चलाउन सक्ने बनाउनु पर्छ। यसो गर्दा कृषि क्षेत्रमा काम गर्ने किसानको राम्रो आम्दानी हुन्छ। र खाद्यान्नको आपूर्ति पनि गर्न सकिन्छ।

कृषिमा जान चाहनेहरुलाई कृषि सम्बन्धी शिक्षित गराई प्रविधि दियो भने गर्न कृषिमा अगाडि बढ्न सकिन्छ।

२) कोरोना भाइरसपछि नेपालको आर्थिक अवस्था खासगरी कृषि अर्थतन्त्रले कुन स्वरुप लिन्छ ?

कोरोना भाइरसका कारणले धेरै मानिसहरु बाहिरबाट नेपाल आउँछन् । खासगरी मध्य पूर्वी देश गएका देशहरु जहाँ तेलको बढी व्यापार हुन्छ। अहिले तेलको भाउ पनि घटिरहेको छ। यस्तो अवस्थामा कामदारको पनि कम माग हुन्छ। जसका कारण विदेशीएका नेपाली स्वदेश फर्कन्छन्। स्वदेश फर्किएकालाई सरिक गराउन बढि कृषि क्षेत्र नै हो।

कृषिमा अहिले पनि स्कोप छ। त्यसैले कषिलाई महत्व दिएर प्रविधि दिएर साना साना किसानलाई अनुदान, ऋण, बजारको व्यवस्था गरेर लग्यो भने कृषिमा धेरै ठूलो सुधार गर्न सकिन्छ।

३) अन्तर्राष्ट्रिय उडान सूचारु भएपछि विदेशिएका घर फर्कन्छन् होला । त्यस्तो अवस्थामा खाद्यान्नको अभाव देखिने हुदाँ यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

हामीले खासगरी खाद्यान्न भन्नाले धान, गहुँ र मकैलाई मात्र सम्झेर हुँदैन। अहिले के आएको छ भने स्वास्थ्यको हिसाबले बढी मासुजन्य पदार्थ खायो भने त्यसमा बढी फ्याट हुन्छ। त्यसको सट्टा फलफुल र तरकारीहरु खानु पर्‍यो।

त्यसमा के देखिएको छ भने १ हेक्टरमा तीन टन मात्र धान उत्पादन गर्न सकिन्छ। एक हेक्टरमा तरकारी खेती गरियो भने २५ टन उत्पादन हुन्छ। त्यसको लागि फलफूल र तरकारीहरुमा जोड दिनुपर्छ। खासगरी हाम्रो मान्छेहरुलाई खाद्यान्न आपूर्ति गर्न सक्छौँ। चामलको सट्टा तरकार र फलफूलमा जोड दिएर त्यसरी लैजानु पर्छ। खाली खाद्यान्नमा बढी चामल मात्र आयात गरेर ल्याउने।

हामीले चामल, गहुँ उत्पादन गर्न खोज्यौँ भने पनि धेरै बढाउन सक्ने स्थिति छैन। त्यसका लागि धेरै जग्गा चाहियो। त्यसैले हामीले थोरै जमिनमा तरकारी तथा फलफूल खेती गर्न सकिन्छ। यसो गर्दा थोरै जमिनमा धेरै उत्पादन गर्न सकिन्छ। त्यसैले तरकारी तथा फलफुलमा बढी जोड दिनु पर्ने देखिन्छ।

४) अहिले लकडाउनको समयमा तरकारी फाल्नु पर्ने अवस्था आएको छ। यसको दीर्घकालीन असर के हुन्छ ?

लकडाउनको समयमा काठमाडौँबाट धेरै मानिसहरु बाहिर गए। त्यहाँ खान नपुग्ने अवस्थामा त्यहाँ किसानहरुले तरकारीहरु त्यहीँ बेचिरहेका छन् र बजार ल्याउनु परेको छैन। त्यहाँ नै बजारको सिर्जना भयो।

अहिले समस्या देखिए पनि दीर्घकालीन समस्या भने हुँदैन। यस्ता विपति निश्चित समयका लागि हुन्।

५) विगत १० वर्षदेखि नेपालमा कृषि याग्य जमिनको व्यापारिकरण भइरहेको छ। अहिलेको अवस्थामा नेपालीहरुलाई खुवाउने पर्याप्त जमिन छ त ?

केही जग्गा प्लटिङ गरेर खाली राख्यो भने त्यसलाई उत्पादनका लागि प्रयोग गर्नु नियम ल्याउनु पर्‍यो। घर बनाउन रोक्न गाह्रो नै हुन्छ। भएको जग्गाको उत्पादन बढाउनु पर्‍यो।

तिलोत्तमा नगरपालिकाले खाली जमिन राख्न नपाइने र राखेको पाइएमा सधिँया दिने नीति ल्याएको छ। कृषि क्षेत्रमा यस्तो नीति चाहिएको छ। ग्रिन हाउस, भर्टिकल खेती लगायतका विधि अपनाएर खेती गर्ने नियम चाहियो। ग्रिन हाउसमा खेती गर्दा एक हेक्टरमा २५ टन उत्पादन हुन्छ। यदि एक हेक्टरमा परम्परागत खेती गर्ने हो भने १० टन मात्र उत्पादन हुन्छ। त्यस्तै भर्टिकल खेती गर्दा एक हेक्टरमा नै ग्रिन हाउसको तुलनामा चौगुना बढी उत्पादन हुन्छ।

६) कस्तो कृषि प्रणाली अपनाएमा हामीलाई फाइदा हुन्छ ?

अहिले सबैभन्दा बढी फाइदा हुने र हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने विषादिरहित खेतीमा जानु पर्‍यो। त्यसमा खासगरी हामी तरकारी फलफुल गर्नु पर्‍यो। स्थानीय स्तरको विशेष उत्पादन हुने खेतीमा जोड दिनु पर्‍यो ।

भारतको युपीमा बास्मती धान उत्पादन गरेर यूरोपमा निर्यात हुन्छ। हाम्रोमा किन नगर्ने ? चिया, कफी, अलैँची, टिमुर, लगायतका बालीहरुको पहिचान गरेर त्यसको उत्पादन बढाउनु पर्‍यो।

७) यस्ता बालीको उत्पादन गर्न श्रमिक तथा कच्चा पदार्थ महंगो छ नि ?

अब विदेशमा गएका श्रमिकहरु नेपाल आयो भने ज्याला पनि कम हुन्छ। तर यहाँ कमाउन नसक्ने होइन। विदेश जाने होड नै चल्यो। तर, नेपालमा निकै कम जोखिम देखिएको छ। यहाँ आफ्नो परिवारसँग बसेर कमाउन जानेनन्।

विदेशमा फाइदा हुन्छ भन्ने सोचेका थिए। तर विपत आएपछि सबैले नेपाल नै राम्रो सोचिरहका छन्। अब नेपालमा आएकालाई कृषिमा यो–यो कारणले फाइदा हुन्छ भनेर सिकाएर यहाँ स्थापित गराउनु पर्छ।

८) कुनै व्यक्तिले कृषि गर्न चाहेमा कति लागतमा सुरु गर्न सक्छ ?

कृषि सुरु गर्न ५० हजारको लागतमा गर्न सक्छन्। सरकारले तालिमको व्यवस्था गर्नु पर्‍यो। त्यसका लागि सरकारी निकायलाई जिम्मा नदिएर कृषि क्षेत्रमा राम्रो काम गरिरहेका संस्थाहरुलाई जिम्मा दिनु पर्‍यो।

हामीले कृषि क्षेत्रमा काम गर्न ९ वटा म्यानुअल बनाएका छौँ। यसलाई मोबाइल एप्लिकेशनको रुपमा डिजिटलाइज गर्ने। यसो गर्दा तपाइलाई चाहिएको अर्ग्यानिक खेती गर्छु भनेमा मोबाइल एपबाट हेर्न सकिनेछ। प्रविधि भएन। कर नलिए पनि प्रविधि भएन। साना किसानलाई उपयुक्त हुने प्रविधि दिएर काम गर्नु पर्‍यो।

९) पहिलेको र अहिलेको कृषि प्रणालीमा के फरक छ?

पहिले हामीले परम्परागत हिसाबले धानगहुँ लगाउने गरिन्थ्यो। हामी गाउँमा हुदाँ नि त्यस्तै हो। हामी सानो हुदाँ तरकारी खान पनि पाइदैन थियो। बिरामी हुदाँ मात्र गहुँ खान पाइन्थ्यो।

पछि खाद्यान्न बाली बढ्दै गयो। तरकारी खेती पनि बढ्यो तर विषादियुक्त। तरकारी पनि विषादि घटाएर रासायनिक मल पनि घटाएर लग्नुपर्‍यो। त्यसो भयो भने गुणस्तरीय सँगै स्वास्थ्यलाई फाइदा हुन्छ।

बैशाख १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू