रेमिट्यान्समा कोरोना भाइरसको धक्का

विश्वको कुनै एक ठाउँमा फैलिएको महामारीलाई अर्को गोलाद्धका मानिसले सामान्यतया: न त चासोको रुपमा लिन्छन्, न त यसले सम्पूर्ण विश्वलाई आक्रान्त पार्छ भनी आकलन गर्न सक्छन्। मानौँ उदाहरणको रुपमा चाहे त्यो अफ्रिकामा फैलिएको हैजाको महामारी होस्, चाहे इबोलाले आक्रfन्त पारेको  भूगोल होस्। कतिसम्म भने जाजरकोटमा फैलिएको हैजाले मान्छे मर्दा न त काठमाडौँमा रहेको सिंहदरबारले चासोको रुपमा हेर्छ, न त आम मानिसलाई उतिको चासो हुन्छ। तर वर्तमान विश्व परिवेशमा चीनको वुहान प्रान्तमा नोभेम्वर महिनाबाट फैलिएको कोरोना १९ भाइरसका कारण विश्भभरि त्रास फैलिएको छ र आक्रान्त पनि छ।

यस आलेखमा मैले विश्व मानचित्रमा फैलिएको कोरोना १९ भाइरस महामारीले नेपाली समाजमा पर्नसक्ने सामाजिक तथा सांस्कृतिक प्रभावको बारेमा समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको छु।

बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक परम्परा, रीतिरिवाज तथा चालचलन नै हाम्रो समाजिक पहिचान हो। वैशाख महिनामा पर्ने पर्वहरु मध्ये मुख्यतया किराँत धर्मावलम्बीको ‘उधौली पर्व’, इस्लामिक धर्मावलम्बीको रमादान, बौद्ध सम्प्रदायले मनाउने बुद्ध जयन्ती, तथा काठमाडौँ लगायतका उपत्यकामा मनाइने इन्द्रजात्रा पर्दछन्। उपत्यकामा लामो समयसम्म मनाइने इन्द्रजात्रा पर्व सरकारको बन्दाबन्दी र २५ जना भन्दा बढि उपस्थित हुन नपाउनेका कारण स्थगित हुन पुगेको छ। त्यस्तै संसारभरीका बौद्ध धर्मावलम्बीहरुले बैशाख शुक्ल पूर्णिमाको दिन बिभिन्न समारोह तथा हर्षाल्लासका साथ बिभिन्न कार्यक्रमका साथ मनाउने पर्ब सम्भवत अनुयायीहरुका घरघरमा सीमित रहने छ। इस्लामिक धर्मावलम्बीले एक महिनासम्म रोजा अर्थात व्रत मनाउने रमदान पर्वमा कुनै मस्जिदमा कुरान पाठ गरिने छैन र ब्रतको अन्तिम दिन गरिबका नाममा दिइने भिक्षा दान यो बर्ष हुने छैन। साथै यसै दिन केही सनातन ब्राह्मण सम्प्रदायका सदस्यहरुले मनाउने कुल देवताको पूजा सामूहिक रुपमा सम्पुर्ण सदस्यको उपस्थितिमा हुनेछैन। यो त केवल बिना पारिवारिक जमघट घरपरिवारले आफनो घरभित्र सीमित गरी पुज्नेछन्। यस्तै किराँत धर्मावलम्बीहरुको बैशाख शुक्ल पूर्णिमाकै दिन मनाइने उँधौली पर्वमा टुँडिखेलमा जम्मा भई शुभकामनाका शब्दहरु आदान प्रदान गर्ने वातावरणको सिर्जना हुने छैन। यसले विभिन्न धर्मावलम्बीहरु आआफ्नो सम्प्रदाय अनुसारको पारिवारिक तथा सामाजिक वातावरणमा धार्मिक तथा सांस्कारिक आस्थाला२ निरन्तरता दिन बन्चित हुनेछन्।

यस कोभिड १९ को बन्दाबन्दीको समयमा वैदेशिक रोजगारीमा संलग्न करिब ५० जना श्रमिक मजदुरको बिभिन्न कारणले मृत्यु भएको छ। ती मृतकहरुका आश्रित परिवारले आफना परिवारका सदस्यको अकाल मृत्युले पिडाले मर्माहत त बनाएको छ नै, अझ चैत ११ गतेबाट सुरुभएको लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुदाँ उनीहरुले मृत सदस्यको मुख नै देख्न नपाउने हो कि भन्ने आशंकाले पिडामा नुन चुक छर्केको छ।

यसरी मनाइने यी चाड, पर्व, जमघट तथा समारोहहरुले धार्मिक तथा सांस्कृतिक आस्थाको निरन्तरताका साथै एकआपसमा भाइचाराको सम्बन्ध बिकास गर्नुकासाथै सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाइरहेका हुन्छन्। चैत ११ गते बाट सरकारले घोषणा गरेका बन्दाबन्दीका बिबाह, ब्रतबन्ध जस्ता संस्कारहरु प्राय: सीमित संख्याको उपस्थितिमा भएका छन् भने अधिक संख्यामा त्यस्ता पर्वहरु केही समयका लागि पर धकेलिएका छन्। मृत्यु संस्कारहरुका घटनाहरु आआफनो परिवारभित्रै औपचारिक रुपमा परिवारभित्रै सीमित हुन पुगेका छन्।

कोरोना १९ को कारणले बन्दाबन्दीको अवस्थामा विश्वमा बेरोजगारीको अवस्था अत्याधिक रुपमा बढदै गएको तथ्यांकहरुले देखाएका छन्। संयुक्त राज्य अमेरिकामा मात्रै ६० लाखभन्दा बढी बेरोजगारी भइसकेकोविभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। युरोपमा यसको यसको प्रभाव अझ बढी रहेको तथ्यांकहरु प्राप्त भएको छ। यसरी विश्वव्यापी महामारीको प्रभाव हाम्रो देशको अर्थतन्त्र र रोजगारीको अझ बिकराल रुपमा पर्ने देखिन्छ। यस अवस्थामा शहरी क्षेत्रमा रहेका मजदुरहरु आफ्नो रोजी रोटी गुमाई सुरक्षित स्थान खोज्दै गाँउ फर्क अभियानमा लागेका छन् भने भारतका विभिन्न शहरहरुमा रोजगारी खोज्न गएका लाखौं मजदुरहरु पनि कोरोना १९ को त्रासले रोजगारी गुमाई आफ्नो मातृभुमि फर्किरहेका छन्।

सरकारी आँकडाअनुसार लगभग २ लाख ५० हजार भन्दा बढी नेपालीहरु बोर्डर पार गरिसकेका र अझै कति बोर्डर पार गरी मातृभुमि प्रवेश गर्न सरकारको आदेशका लागि गुहार गरिरहेका छन्। यसरी रोजगारी गुमाई आफ्नो देश तथा थातथलो प्रवेश गरेका फर्केकाहरु आफ्नो दैनिक आम्दानी गुमाई आयआर्जनबाट बन्चित हुन पुगेका छन् र घरायसी पारिवारिक आधारभूत आवश्यकता पूर्ति गर्न असहज हुने देखिन्छ। यसको कारणले उनीहरुको दैनिक पारिवारिक जीवन आगामी दिनहरुमा अझ कष्टपूर्ण हुनेछ। यसबाट समाजमा हत्या, आत्महत्या, चोरी, डकैत, घरेलु, हिंसाजस्ता सामाजिक अपराधका घटनाहरु बढ्नसक्ने अवस्थालाई नकार्न सकिँदैन।

अर्थतन्त्रको ठूलो हिस्सो ओगटेको हाम्रो देशको कुल जनसंख्याको करिब १० प्रतिशत मुख्यतया: २० देखि ४० वर्ष उमेर समूहका मानिसहरु वैदेशिक रोजगारीमा संलग्न छन्। वर्तमान कोभिड १९ को बन्दाबन्दीका कारणले घरबिदामा आएका कति श्रमिकहरु आफनो श्रम गन्तव्यमा पुग्न सकेका छैनन्, यसको तथ्यांक श्रम विभागसँग छ, न त वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग छ।

अधिकांशले वैदेशिक रोजगारीमा गएकाहरुले रोजगारमा जाँदा स्थानीय साहुमहाजन तथा वित्तीय संस्थाबाट जाँदा आफनो ऋणको मासिक साँवा र ब्याज भुक्तानी गर्नका लागि अब फेरि अर्को साहु खोज्नु पर्ने अवस्थामा छन्। स्वदेशमै रोजगारीको अवसरहरु प्राप्त होलान् र उक्त ऋणको साँवा र ब्याज तिर्न सक्ने अवस्थामा अवसर गरौंला भन्ने अवस्था श्रृजना हुन गाह्रो देखिन्छ। यसले गर्दा उनीहरु मानसिक तनाव उत्पन्न भई बिभिन्न समाजिक अपराध गर्न उत्प्रेरित हुनसक्ने सम्भावना रहन्छ। अर्कोतर्फ यस कोभिड १९ को बन्दाबन्दीको समयमा वैदेशिक रोजगारीमा संलग्न करिब ५० जना श्रमिक मजदुरको बिभिन्न कारणले मृत्यु भएको छ। ती मृतकहरुका आश्रित परिवारले आफना परिवारका सदस्यको अकाल मृत्युले पिडाले मर्माहत त बनाएको छ नै, अझ चैत ११ गतेबाट सुरुभएको लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुदाँ उनीहरुले मृत सदस्यको मुख नै देख्न नपाउने हो कि भन्ने आशंकाले पिडामा नुन चुक छर्केको छ। यसका साथै कहिले अन्तर्राष्ट्रिय उडानहरु खुल्ला होला भन्ने अनिश्चित हुँदै जाँदा प्रवासमा ज्यान गुमाएका आफन्तले स्वदेशमा आआफ्नो धार्मिक परम्परा अनुसार बिधिपुर्वक अन्तिम संस्कार र काजकिरिया गर्न पाएका छैनन्।

करिब एकतिहाइ जनसंख्याका अशिक्षित रहेको देशका बासिन्दाहरु बर्तमान कोभिड १९ का बारेमा पर्याप्त मात्रामा सुशुचित छन भनि बिश्वस्त रहन गाह्रो छ। सरकारी तथा गैरसरकारी संचार माध्यमहरुले केही मात्रामा जानकारीमूलक सुचना प्रसारण गरे पनि अझ दुर दराजमा रहेका मानिसहरुले यसको बारेमा उचित जानकारी पाएका छैनन्। कुनै एक ब्यक्तिमा भएको संक्रमण अर्को ब्यक्तिमा कसरी सर्दछ र यसको निदानात्मक उपायहरुको पर्याप्त तथा तथ्यपरक जानकारीको अभावमा उक्त संक्रमित भएको ब्यक्ति तथा उसमा आश्रित भएका परिवारलाई बिभिन्न लाञ्छनाहरु लगाई कहिलेकाहिँ सामाजिक बहिष्कारको शिकार बन्न पुग्छ। यसको फलस्वरुप उक्त परिवार समाजिक मनोबिज्ञानका कारण उक्त समाजबाट पलायन हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ।

कुनै जात, धर्म, लिङ्ग,धनीगरिबको सीमा नराख्ने यस महामारीले निम्त्याउने परिस्थिति वर्तमान अवस्थामा बेर्होनु परेको अवस्था भन्दा धरै भयावह तथा विकराल हुन सक्छ। बिभिन्न सामाजिक परिघटनाका कारण उत्पन्न हुने मानिसमा उत्पन्न हुन सक्ने असमान्य सामाजिक ब्यबहारले भविष्यमा निम्त्याउने परिस्थितिको सामनाका लागि केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरुले समयमै योजनाबद्ध तवरले रोजगारी सृजना गर्ने क्रियाकलापहरु तर्फ ध्यान दिने, समाजिक सचेतना फैलाउने लगायतका कार्यक्रहरु अगाडी बढनु र अन्धविश्वास हटाउनु आजको टड्कारो आवश्यकता हो।

बैशाख २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्