उनीहरुले
तिमीहरुलाई आदर गरेको
बुद्धि, विवेक र स्वाभिमानको महानताले हैन
अधिकार र अभिमानको ज्वालालाई
सिर्फ विवशता

उनीहरुभित्रको अज्ञानताले मात्र हो
यादगर
शक्तिले मदहोस भएकाहरु हो
अज्ञानताको बादल फाट्न
एउटै आँधी काफी छ
एउटै हुरी काफी छ
निसहाय, असहाय र उत्पीडितहरुको
मन मष्तिष्कमा
देश हराएको बेला
जागरणको देदीप्यमान ज्योती बाल्न
स्वाभिमानको सगरमाथा ढलेको हेर्न नसक्ने
एउटै सपूतको विद्रोह काफी छ !
एउटै सपूतको विद्रोह काफी छ ! !
विवशताको घुम्टो च्यातिन पनि
सखारै उदाउने सूर्यको
कलिलो किरण सँगै
इतिहासमा जस्तै
मातृभूमिको पीडालाई असह्य पीडा ठानेर
स्वाभिमान विगुल छर्दै उदाउने
एउटै पृथ्वीको संकल्प काफी छ !
एउटै पृथ्वीको संकल्प काफी छ !

बैशाख २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्