भारतको सबैभन्दा धनी तिरुपति बालाजी मन्दिरका १३ सय करार कामदार निष्काशित

भारतको सबैभन्दा धनी मन्दिर मध्ये एक तिरुपती बालाजी मन्दिरले १३ सय भन्दा बढी करार कामदाराको सम्झौता अन्त्य गरेको छ । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै आन्ध्र प्रदेशमा रहेको मन्दिरले करार कामदारलाई हटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्दिरको हेरचाह गरिरहेका कामदारलाई मे १ (मजदुर दिवस) कै दिनदेखि काममा नआउन भनिएको मुम्बई मिररले जनाएको छ । तिरुपति बालाजीमा कामदार उपलब्ध गराउँदै आएको फर्मले अप्रिल ३० मा करार सम्झौता सकिएका कामदारको करार थप नहुने जानकारी गराएको हो ।

तिरुपति बालाजी मन्दिर व्यवस्थापनका लागि यो आर्थिक वर्षको बजेट तीन हजार ३०९ करोड भारु छ । तर पनि करार कामदारलाई संकटका बेला निकालिएको हो ।

उनीहरुलाई सहयोग गर्ने विकल्पबारे छलफल हुने तिरुपति बालाजी मन्दिर ट्रष्टका प्रमुख वाइभी सुब्बा रेड्डीले बताएका छन्।

बैशाख २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्