रैथाने तोपचराको चिरिबिरी (फोटो फिचर)
फाेटो फिचर
फाेटो फिचर
काठमाडौँ – मान्छे सीमित भएका छन् घरभित्रै । चराहरु भने अहिले घर (गुँड) बनाएर सन्तान हुर्काउने क्रममा छन् । साना–रुख, घरका कुनाहरुमा विभिन्न चराले गुँडा लगाएका छन् ।
चराहरुको सीप गुँडमा झल्किन्छ । हिलो माटोबाट चिटिक्कको गुँड बनाउने गौँथली हुन् या घाँसे मैदानमा सानो आकारको गुँड लगाउने फिस्टो चरा, सबैको शिल्प सहर लाग्दो हुन्छ ।
भिडियाे:
अति कलात्मक गुँड बनाउनेमा पर्छ तोप चरा । तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ ।
यो चराले ठूलो रुखमा सामूहिक रुपमा गुँड बनाउने गर्छन् । अहिले यो चराले बच्चा हुर्काइरहेको छ । तोप चरा रैथाने रहेको चराविदले बताएका छन् ।
यी चराहरु बच्चा हुर्काउने बेला पहाडी क्षेत्रमा पनि देखिने गर्छन् । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले काठमाडौँको भत्केपाटी क्षेत्रमा तोप चराका गुँडहरुका तस्बिरमा खिचेका छन् ।