काठमाडौँ– अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई बुधबार स्वदेश लगेको छ।

नेपालस्थित दूतावासको पहलमा नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण नेपालमा अड्किएका आफ्ना नागरिक तथा स्थायी अनुमति प्राप्त व्यक्तिलाइ लगेको हो।

निगमको वाइड बडी विमान २६२ यात्रु र चालक दलका सदस्य गरी २८६ जनालाई लिएर सिड्नीका लागि उडेको हो। विमान बुधबार जानेमा सबै अस्ट्रेलियन नेपाली वा स्थायी बसोबास प्राप्त नेपाली रहेका छन्।