चितुवा देखिन थालेपछि त्रिभुवन विश्वविद्यालय भित्रको झाडी फडानी

काठमाडौँ – पटक-पटक चितुवा देखिन थालेपछि त्रिभुवन विश्वविद्यालय भित्रको अनावश्य झाडी फाडानी गरिएको छ । त्रिवि परिसर हुँदै कीर्तिपुर जाने बाटो आसपासका अनावश्यक झाडी फाँडिएको हो ।

वन विभागको समन्वयमा कीर्तिपुर नगरपालिकाले फडानी गरेको हो । नगपालिकाका कर्मचारी, स्थानीय र त्रिविका विद्यार्थीहरुको समूहले फडानी गरेको छ ।

त्रिवि गेटदेखि तीनकुनेसम्म बाटोको दुवै तर्फ नै जंगलले ढाकेको छ । त्रिवि मुख्य कार्यालयको अघिको नेपाल बैँक लिमिटेडबाट तीनकुनेसम्म बाँया तर्फ पालतो र दाँया तर्फ बाक्लो जंगल छ । उक्त क्षेत्रमा बाटो छेउका अनावश्यक बुट्यान फाडानी गरिएको छ।

यही बिचमा पर्ने सेवा आयोग अगाडिको जंगलमा हरेक दिन जसो चितुवा देखिन थालेको छ । त्यो बाटो हुँदै हिड्ने कतिपयले बाटोमा सुतिरहेको चितुवा देखेका थिए । चितुवा शिवपुरी जंगल आसपासबाट कीर्तिपुर आउने गरेका हुन् ।

दैनिक जसो चितुवा देखिन थालेपछि त्रिवि आसपासका मानिसहरु त्रसित छन् । साँझपख घर छेउमै चितुवा देखिने गरेको गुनासो आएपछि फडानिको काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।

बैशाख २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्