लकडाउनमा जनताको समस्याप्रति सरकार गम्भीर हुन आवश्यकः सुजाता कोइराला

फाइल तस्बिर

मोरङ– लकडाउनबाट जनताले समस्या भोग्नु परेको विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले बताएकी छन्।

बुधबार गिरीजाप्रसाद कोइराला फाउण्डेसनद्वारा आयोजित भर्चुअल संवादका क्रममा नेतृ कोइरालाले सरकारले लकडाउनको सन्दर्भमा सीमान्तकृत तथा विपन्न वर्गले दैनिक समस्या भोग्दै आएको बताएकी हुन्।

सरकारले लकडाउनको समयावधि बढाउने भन्दापनि सँगसँगै विकल्प पनि दिनुपर्नेमा उनले जोड दिइन्। कोरोना भाइरसले चौतर्फी आक्रान्त बनाएको बताएकी फाउण्डेसनकी अध्यक्ष कोइरालाले यसबीच सरकारले जनताको समस्यालाई अविलम्व सम्बोधन गर्नुपर्नेमा जाेड दिइन्।

कोभिड १९ प्रति सजग र सचेत रहन आग्रह गर्दै अन्य मुलुकमा फसेका नेपालीहरुको सुरक्षा तथा उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरिन्।

कोइरालाले बहस र छलफलका माध्यमबाटै हरेक समस्याको समाधान निस्कनेमा जोड दिँदै सत्तापक्ष दलको राम्रा कामको समर्थन र गलत कामको विरोध गर्न प्रतिपक्षीको भूमिका अहम् हुने बताइन्।

कोरोनाका कारण देशमा आउनसक्ने आर्थिक तथा सामाजिक पक्षमा बहस कायम राख्दै विकल्पसहित जनतालाई स‌म्वाेधन हुने उचित व्यवस्थाका लागि राज्य गतिशिल हुने बेला आएको कोइरालाको भनाइ छ।

बैशाख २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्