काठमाडौँ- सरकारले बुद्धपूर्णिमाको साँझ नेपालभरि दीप प्रज्ज्वलन गर्ने उर्दी गरेकाले यसको रौनक त सबैतिरै थियो। तर, सबै बुद्धपूर्णिमा र अन्य साँझ पनि विशेष देखिने राजधानीको बौद्ध स्तुपा बिहीबार झनै धपक्क बलेको थियो।

पूर्णिमाको साँझमा बौद्धनाथमा बालिएका दीपहरुले दृश्य झनै आकर्षक देखिएका थिए।

सरकारले बुधबार कोरोना भाइरसको महामारीसँग जुधिरहेका स्वास्थ्यकर्मी र संसारभरि निधन भएकाहरुको सम्झनामा बुद्धपूर्णिमाको साँझ दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको थियो।

बुद्धपूर्णिमाको साँझ देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु: