सिरी ए फुटबलः फियोरेन्टिनाका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण

इटालियन सिरी ए फुटबल क्लब फियोरेन्टिनाका तीन खेलाडी तथा अरु कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सिरी ए क्लबहरुलाई इटाली सरकारले प्रशिक्षण सुरु गर्न स्वीकृति दिएको छ, तर खेलाडीहरुले तत्कालका लागि व्यक्ति रुपमा मात्रै तालिम लिन पाउने छन् ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा क्लबका कर्मचारीलाई आइसोलेशनमा राखिएको र बाँकी खेलाडीहरुको मेडिकल तथा फिटनेश टेस्ट हुने फियोरेन्टिनाले जनाएको छ ।
तोरिनोका एक खेलाडीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना भाइरसको संक्रमण देखिएका ती खेलाडी अहिले क्वारेन्टाइनमा छन् ।
कुनै पनि क्लबले कोरोना भाइरसको संक्रमण भएका खेलाडीको नाम खुलाएका छैनन् । ८ हप्तापछि इटालीले लकडाउन केही खुकुलो बनाएको छ । सोही अन्तर्गत टिमहरुले लिगका बाँकी खेलहरु सुरु गर्ने तयारी गर्न थालेका हुन् ।