आज पनि देशभर बलदी, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ – देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

बैशाख २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्