काठमाडौँ- कोरोना भाइरसको सम्भावित महामारीसँग बच्न विशेष सावधानी अपनाउँदै संसदको बजेट अधिवेशन शुक्रबार सुरु भएको थियो।

बैठक कक्षभित्र स्वाब परीक्षण गरिएका सांसद, कर्मचारी र पत्रकारहरुलाई मात्र प्रवेश दिइएको थियो। बैठक प्रवेश गर्ने क्रममा सबै सांसदहरुको ज्वरो परीक्षण गरिएको थियो।

सांसदहरुले मास्कसहित विशेष सावधानी अपनाएका थिए। बैठकस्थलभित्र दुई वटा सिट छाडेरमात्र सांसदहरु बसेका थिए।

लकडाउन जारी रहँदा पनि बजेट ल्याउने मिति नजिकिँदै जाँदा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबारका लागि संसद बैठक डाकेकी हुन्।