ब्लग

महिलाका गनगन, मनन र नियन्त्रण

उसले मलाई फोन गरेन । म दुखी भइरहेँ । लेखनमा निरन्तर लाग्नको लागि प्रेरणाको खाँचो हुन्छ । सायद ऊ हुँदैनथ्यो भने मैले ममाथि कहिल्यै विश्वास गर्ने थिइनँ ।

अनलाइनमा छापियो भने मलाई भन्दा पहिला उसलाई थाहा हुन्थ्यो । बधाई आउँथ्यो उसको तर्फबाट । म फुरुङ्गपर्थेँ ।

तिम्रो लेख पढेको थिए । राम्रो त होइन, तर लेख्न नछाड है । उसले लेख्न नछाड भनेकै कारण नराम्रो भएनि लेख्न छाड्नु हुन्न भन्ने लाग्यो ।

नत्र अहिले यो लेख नलेखिन सक्थ्यो नि । म निराश भएर नलेख्दा उसले घचघचाइरहन्थ्यो । म फुर्किँदा, अरुले फुर्काउन राम्रो लेखिस् भन्छन् । तिनीहरु तिम्रो शुभचिन्तकहोइनन् भन्थ्यो । जे होस्उसको कुराले मलाई ब्यालेन्समा राख्थ्यो ।

सरी, म कतातिर बहकिएछु । नलेखेको धेरै भएको थियो । तैँले नराम्रो लेखिस् भनेपछि म दिक्दार भएको थिएँ । उसले त्यो महसुस गरेको हुनपर्छ ।

फोन गर्यो र भन्यो– ओई, तिमी लेख्न नछाड है । नछापिए पनि के भो र ? लेखिरहनु । उसलाई सोधेँ– के को बारेमा लेखुँ?उसले एकछिन आलटाल गर्यो अनिभन्यो– ‘मिटु बारे लेख न ।’ ‘मतलब, के भनेको तिमीले ?’ ‘यहीँ के सेक्सुअल ह्यारेसमेन्टबारे ।

तिमीले कताकता यौनदुव्यवहार भोग्यौ । नडराई लेख । किन डराउने हो र ?खुलेर लेख है । पढ्ने हामी छौँ ।’ म फुरुक्क परेँ । तपाईँ मेरो ठाउँमा भएको भएपनिफुर्किनुहुन्थ्यो ।

कत्ति साहस भरिदिन्छ मलाई उसले । हुन्छ, म लेख्छु । मैले खुशीहुँदै फोन राखेँ । मान्छेले प्रशंसाको उन्मादमा सब कुरा भुल्दो रच ।

के लेख्ने त ?उसले भनेकै विषयमा लेख्नपर्यो । ह्यारेसमेन्ट त कति छ कति । कुन लेखुँ? यो लेखुँ या त्यो लेखुँ? अझै कति हुन बाँकी छ । कसबाट भएको लेखुँ? अन्जानबाट भएको ह्यारेसमेन्ट लेखुँ कि आफ्ना नजिकका मान्छेबाट भएको लेखुँ ? यत्ति हो, पहिला ह्यारेसमेन्ट केलाई भनिन्छ, कसरी हुन्छ भन्ने थाहा थिएन । अहिले ज्ञान छ, त्यहीँ ज्ञानले विद्रोह गर्छ । दुःखमनाउ गर्छ, नभए ह्यारेसमेन्ट नभोग्ने र नगर्ने भयो भने बर्वाद हुन्छ । पितृसत्ता ढल्छ ।

नाम चलेको पत्रिकामा महिलाले के लेख्ने ?अन्तर्राष्ट्रिय नारी दिवस ‘मार्च ८’ मा नारी विशेष भनेर के निकाल्ने ? ह्यारेसमेन्टको बारेमा लेख लेख्नुस् न भनेर कसलाई भन्ने ? ह्यारेसमेन्ट भएन भने विभिन्न पत्रिकाले निकाल्ने साहित्य खुराकमा नारीले अनुभवमा के लेख्ने ? नारीले प्लेन उडाएको अनुभव लेख्न थाले भने बर्वाद हुन्छ । फेरि पुरुषले के लेख्ने ? पुरुषको अनुभव यो, महिलाको अनुभव यो भनेर छुट्याउने आधार नै ह्यारेसमेन्ट हो । ह्यारेसमेन्ट हुनपर्छ । लेख्नुपर्छ । सहनु पर्छ । बोल्नु पर्छ । पुरुषले नारीलाई सम्मान गर्छु भन्नु पर्छ । उच्चआदरार्थी शब्दप्रयोग गर्नुपर्छ ।

अनिएक्लै हुँदाती सब कुरा भुलेर जवरजस्तीगर्नुपर्छ ।

मखासमा पुरुषको शुभचिन्तकहुँ । मलाई पुरुषहरूको खुब माया लाग्छ । हाम्रा हजुरबाउहरू, जिजीबाउहरू कति भाग्यमानी । अझै नि गाउँघरतिरका पुरुषहरू भाग्यमानी छन् । होइन, होइन । अचेल कानून लाग्छ । एउटैमा चित्त बुझाउनुपर्ने भएको छ । वंशाणुगत गुण हुन्छ नि, एउटा पुस्ताबाट अर्कोमा सर्ने । तर यहाँ यो गुणलाई कानुनले जवरजस्ती दबाएको छ । अनि घरमाश्रीमती, बाहिर चारवटी ।

फेरि भेटिएकाजतिलाई ह्यारेसमेन्ट गर्न पनि भ्याउनै पर्यो । कतिलाई ह्यारेसमेन्ट गर्नु जन्मसिद्ध अधिकार जस्तो लाग्छ । भेटिएका जतिलाई ह्यारेसमेन्ट गर्नै पर्ने जुनुन देखेर पनि पुरुषको सम्मानगर्नपर्छ जस्तो लाग्छ ।पश्चिमतिर यो रोग हो । मनोवैज्ञानिक समस्यामानेर उपचार गरिन्छ तर हाम्रोमा पुरुषत्वमानेर पूजागरिन्छ ।

महिलाको अनुभव उस्तै छ, जुन क्षेत्रको महिलाका पनि । उस्तैउस्तै अनुभूति पढेर दिक्क लागेन ? योगमायादेखि सुरु भएको महिलामुक्तीर समानताको लडाईँ हाम्रा दिदीपुस्ताबाट सरेर बहिनी पुस्तासम्म आइपुगेको छ । र पनि महिलाको गनगन उस्तै । समानता भएन, ह्यारेसमेन्ट गरियो, प्रोफेसनल लाइफमा बहिनी भनियो, तिमी भनियो, महिला भएकै कारण तलबमा विभेद गरियो । फिल्म क्षेत्रहोस् या पत्रकारिता, गायन होस् या शिक्षण पेशा ।

यो महिलामाथिको हिंसा, विभेद, सेक्सुअल ह्यारेसमेन्ट कमोडिटी जस्तो भइसक्यो । किनभने मार्केटमा यहीँ बिक्छ । बिकाउनकै लागि भएपनि महिलाको गनगन राख्नपर्यो । लेख्नेले वाहवाही बटुल्छ र छाप्ने पत्रिकाले पनि । पशुपतिको जात्रा, सिद्राको व्यापार ।

ओहो ! मैले मलाई भएको ह्यारेसमेन्टबारे लेख्छु भनेर पो फोन राखेकी । मलाई अहिले पनियाद आउँछ, हामी ६,७ कक्षामा पढ्दा विवाहको प्रकार बारे पढ्नुपर्थ्याे । केटा र केटीको उमेरमा पाँच वर्षको फरक भयो भने स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।

१८ वर्षभन्दामुनि बिहे गरे बालविवाह मानिन्छ । केटा र केटीको उमेरको फरक दश वर्ष वा सोभन्दा बढी भएमा अनमेल विवाह मानिन्छ ।

तपाईँहरुले नियहीँ पढ्नु भयो नि हैन ? मैले कानून पल्टाएर हेरेँ । कानूनमा अनमेल विवाहबारे कतै लेखेको भेटिनँ । तपाईँले भेट्नुभएको छ भने भन्नुस् है ।

अनमेल विवाहले गर्दा पनि पुरुषलाई शक्तिशाली बनाएको छ । इतिहास साक्षी छ, पुरुषले आफ्नो शक्ति महिलालाई दुःख दिएर देखाए । कसले के बोल्ने ?जसको शक्तिउसको भक्ति । विवाहले भएको असमनता रदुर्व्यवहारबारे पछि कतै लेखम्ला ।

तपाईँ पुरुष हुनुहुन्छ भने आँखाचिम्म गरेर सम्झनुस् त, कतिलाई असहजहुने गरी सार्वजनिकबसको सीटमा ढसमस्स बस्नुभयो ?

उभिदाँ कतिचोटी स्त्रीका स्तनले तपाईँको ढाडमा रगड्यो ? ओहो ! कति अप्ठ्यारो सम्झदाँ । तर त्यतिबेला रमाइलै मान्नुभएको थियो नि । अझ ढेप्पिनुभएको थियो । जवरजस्तीधकेलेर, छोएर भीडभाडमा थाहानपाएजस्तो मजालिइरहँदात्यो केटी पन्छिएर टाढा गई है ? डरछेरुवा केटी….

जिन्दगीमा पलपल जितेको महसुस हुन्छ है ।जता मन लाग्यो उतै शक्तिप्रदर्शन गर्दै हिँड्दा ? शिवलिङ्ग त्यही भएरै पुजिएको हुनसक्छ । होइन भन्ने तर्क गर्नुभयो भने बताउनुस् है । नजानेको कुरा सिक्दै जानुपर्छ । कि कसैलाई छोइएला? उसलाई अप्ठ्यारो होलाभनेर आफै जोगिनुभयो ? कस्तो नामर्द तपाईँ । साथीहरुले बिल्ला उडाउँछन् तपाईँको । अस्ति के भनेका थिए? विर्सनुभयो ? पाएको बेलानी छाड्ने ? लाछी ! कि छैन तेरो हँ? शंकै लाग्छ ।

महिला हुनु हुन्छ भने आँखानचिम्ली पढ्नु । आँखै अगाडि भइराख्छन् यस्ता घटनाहरू । कति पन्छनु, कति पन्छाउनु । दिक्क भएर रिन गरेर स्कुटी किन्नु भयो है ? फेरि सबै कहाँ तपाईँजस्तो भाग्यमानी हुनु । पन्छाएर, सहेर अगाडि बढ्नुपर्छ । यात्रा त गर्नु छदैँछ जिन्दगीको ।

मैले सेक्सुअल ह्यारेसमेन्टबारे लेख्ने ?उसले यहीँ भनेको हैन मलाई ? नो बेबी, यो हुनै सक्दैन । के तिमीले मेरो ठाउँमा तिम्रो भाइ, दाईवा केटा साथीहुन्थ्यो भने यहीँभन्थ्यौ ?भन्दैनथ्यौ नि । भन, यो यौन दुर्व्यवहार बाहेक कुन विषयमा म कलमचलाऊँ? यसो भनेर फोन गर्न मन थियो । उसँग झगडा गर्न मन थियो । बोलचाल बन्द भयो हाम्रो । मलाई त्यहीँदिन महसुस भयो जसले यो हुनुहुन्न, विरोधको आवाज सशक्तपार्नुपर्छ भन्छन्, उनीहरुको बोलीमात्रै हो । व्यवहारिकता र मानसिकता उही । चेतनाले लेखन र बोलीमा फरक पार्दो रहेछ, व्यवहारमानपार्न सक्छ । तपाईँ एकजनाले मात्रै ह्यारेसमेन्ट गर्नुभएनभने दशजना नारीहरूले सन्तोषको सास फेर्छन् ।

बोल्ने र लेख्ने केटीहरु खतरा हुन्छन् । बोल्दा विचार पुर्याउनु पर्छ । यसो केही भयो कि उध्धुम मच्चाउँछन् । खराब केटीहरू…
बोल्ने सचेत केटीहरूले तपाइँको व्यवहारको निगरानी राखिरहन्छन् ।

चित्त नबुझेको खण्डमा सिधै औँला उठाउँछन् । किनकी उनीहरुलाई ज्ञान छ, उनीहरूको शरीरमा सबैभन्दा पहिला हक उनीहरुलाई छ ।

बोलीबाट हुने दुव्र्यबार, बौद्धिक दुव्र्यवहार बारे पनिउनीहरुलाई ज्ञान छ । तपाईको व्यवहार र बोली फरक पर्नेबित्तिकै धावाबोलिहाल्छन् । कत्ति कुरा तपाईलाई थाहा नहुनसक्छ । किनकीतपाईले बुझ्ने कोसिस गर्नुभएन ।

नबोल्ने, चुपचाप रहने, जे गरे नि सहने केटीहरू अप्ठ्यारो हुँदापनि केहीभन्दैनन् । तपाईँ आफ्ना सारा कुण्ठा त्यहीँनिर्दोष केटीमाथि पोख्नुहुन्छ । किनकीतपाईँलाई विश्वास छ, उनीहरु कहिल्यै बोल्न सक्नेछैनन् तपाईँको दुर्व्यवहार बारे । होइन,होइन, त्यस्तो नसोच्नु ।

तपाईँहरूआफै सचेत रहनु, बुझिदिनु कि उनीहरूको पनि आत्मसम्मान हुन्छ, अधिकार हुन्छ समानता महसुस गर्न पाउने । यस्तो बुझेर उनीहरूसँग राम्रो व्यवहार गर्नु । ताकी उनीहरूको चेतना बिस्तार भएर ह्यारेसमेन्ट बारे ज्ञान बटुले भने उनीहरूले महसुस गरुन्ँ, संसारमा असल व्यक्ति तपाईँ हुनुहुन्छ र हुनुहुनेछ ।

‘ओई केटी ! तिमीले लेखिसक्यौ ?’ उसले म्यासेन्जरमा म्यासेज पठायो । ‘म के लेख्ने भनेर अलमलिराछु ।’ ‘लौ, कपाल काटेको अनुभव लेख न । कपालबारे छापिएकोथियो नि सम्पदा रिजालको आर्टिकल । त्यसबारे कतिप्रशंसा गरिराथेयहाँ केटाहरु । तिमी लेख्न प्रयास गर न । सक्छ्यौ । ल केटी, लेख है ।’

मलाईझनन्नपारा छुटिहाल्यो । मैले त्यस दिन प्रतिकार गरिनँ । के अरु विषयमा महिलाले लेख्नै हुन्न? एकाध महिलालाई छाडेर धेरैजसो महिलाको लेख गनगनले भरिएको हुन्छ ।

महिला भएकै कारण भोग्नुपरेको विभेदबारे । महिला माहुने शारीरिक परिवर्तनबारे, महिला सशक्तिकरणबारे यस्तै….. । यो बारेमा सरीता तिवारी, सीमा आभास, सावित्री गौतम लगायत धेरैले निरन्तर आवाज उठाइरहनु भएको छ ।

मैले यसरी भन्न सक्नु पनि उहाँहरूकै कारणले हो । हामीआवाज उठाउन मात्रै सक्छौँ । यस्तो आवाजबन्द गराउन तपाईँले सक्नुहुन्छ । अब मेरा बहिनीहरूलाई सेक्सुअल ह्यारेसमेन्ट हुन्थ्यो भन्दा एकादेशको कथा लागोस् । कथा टुङ्ग्याउने की नटुङ्ग्याउने तपाईँकै हातमाछ । नत्र गनगन फेरि सुरु भइहाल्छ ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्