दर्शन

पहाडोपनिषद्

अथातो जीवन जीज्ञासा।
परिवर्तनका यावत् अवस्था र अस्तित्वलाई स्वीकार गरेर निरन्तर चलायमान रहनु नै जीवन हो । भन्दछन्- चरैवेति चरैवेति चरन्वैमधुविन्दते । मूल अस्तित्वलाई मियो बनाएर समयले परिवर्तनको दाँइ हालिरहन्छ । जीवन र जीन्दगीको तात्विक या शाब्दिक भिन्नताहरु उती फरक नलागे पनि जीवनरुपी लामो यात्राको छोटो छोटो अवधि नै शायद जिन्दगी हो । जीवनभित्र हजारौँ जिन्दगीहरु आउन सक्छन् । सनातनताको विश्वासलाई लिएर चल्ने हो भने त “स्व”लाई नबुझेसम्म लाखौँ जिन्दगीहरु धारण गर्नुपर्ने हुन्छ । शायद स्वरुपको परिवर्तन पथहरुमा यत्रतत्र सर्वत्र कु–ब–कु आउँछ होला । जीवन नचलकिनै पनि त कट्न सक्छ नि। के स्थिरता को कुनै अस्तित्व छैन र ? के पूर्वको सबैभन्दा ठूलो पाठ धैर्य र स्थिरता–संयमता होइन? हो भने यो विरोधाभाष किन?

किन कि जीवन दुई विरोधाभाषी तत्वहरुको मध्यबाट चल्दछ । जस्तो कि नदीका दुई किनारा हुन्छन् । एक किनारा हुनु असम्भव छ । जीवन यही नदी हो । यही विरोधी तत्वहरुको बिचबाट सतत बग्दछ जीवन नदी । विकासवादले विरोधवाद या द्वन्द्ववादको वकालत गर्दछ र भन्दछ- विरोधबाट नै बन्दछ जीवन । पहिलो पुस्ताको निषेध दोस्रो पुस्ताले गर्दछ जसरी एउटै बाटोको विरोध विपरीत दिशाले गर्दछ । हरचीजहरु हरक्षण परिवर्तित छन् । मैले चलाइरहेको मोबाइल नै परमाणुहरुको त्यस्तो समूह हो जो निरन्तर विरोध र परिवर्तित छ र यी परमाणुहरु विस्तारै यसबाट छुट्टिँदै गैरहेका छन् र एकदिन यो जीर्ण र शीर्ण हुन्छ ।

मलाई चरैवेति चरैवेति कोमौनं स्वीकृति ले यति अचल बनाइदिएको छ कि म अब केवल आफूमा स्थिरता देख्छु र मलाई मियो बनाएर सारा संसार फनफनि घुमेको देख्छु । म सुमेरु हुँ । म एउटा जीवन र एउटा अस्तित्व सँगसँगै बाँचिरहेको छु । म समयका परिवर्तनहरुमा अस्तित्वको नयाँ रुप धारण गरेर उभिएको हुन्छु । म कहिले टेथिस बनेर छलछलाएको हुन्छु, जगमगाएको हुन्छु र फलाएको हुन्छु मोतीहरुको विशाल भण्डार र कहिले म पहाड बनेर उभिएको हुन्छु हिमालयमा अटल र फलाउँछु जीवनबाट विरक्तिएका मानवका लाश । कहिले सखाफ भएर नंगा हुन्छु, कहिले जीवन अस्तित्वले हरा भराएर उन्मत्त हुन्छु । म घमण्डको अस्तित्वलाई मात गर्नसक्ने गरी घमण्ड गर्नसक्छु । नगरुँ पनि किन ? म नै हुँ यो पवित्र हिमालय । म नै हुँ वेदको जननी । म नै हुँ ज्ञानीहरुको प्रेमिका र म नै हुँ यो सभ्यताको पोषिका । जब स्वयं पार्वती नै मेरी छोरी र साक्षात् शिव नै मेरा ज्वाइँ छन् भने किन नगरुँ म घमण्ड ? मलाई आधार बनाएर मालाहरु बन्दछन् मानव श्वासाधारमा १०८ का मानकहरु निर्धारित हुन्छन् नक्षत्रको घुमाइमा । मलाई चरैवेति चरैवेति को भाष्यलाई झक्झक्याउने जाँगर चलेको छ तर म मेरो मूल अस्तित्वलाई सम्झिएर चुप हुन्छु ।
सबैको उचाइको अस्तित्व फरक फरक हुन्छ । अभाव, दबाब र प्रभाव एवं विचारले उचाइको आँकलन र छनोट गर्छन् । र विचार एउटा यस्तो वीणा हो, जो जसरी बजेपनि एउटा मीठो धुन निकाल्दछ –जीवन मोहिनीको । एउटा जादू छ यहाँ जो रसमाधुरी सुनाएर अनन्त अनन्तको ज्ञान केवल निमेषमा प्रदान गर्दछ । मेरो कोख सदा फूल्दछ फल्दछ ।

यहाँजीवनकानयाँनयाँआयामहरुले हाँगाहालेर फैलिन्छन्, लहरा भएर हल्लिन्छन् र बन्दछन् अमृत स्वरुप । मैले टेथिसकालमा छलछलाएर जीवनको अस्तित्व स्वीकार गरेको थिएँ र अहिले हिमालयकालमा पनि म शान्त रहेर स्वीकार गरिरहेछु । म सौम्य शुभ्र छु कुनै वैदिक ऋषिझैँ । “प्रकृतिको शून्यतामा भावनाका तरङ्गहरु भण्डारण भएर अनन्तकालसम्म बाँचिरहन्छन् र हरेका कालमा ती वाणी शब्द र भावनालाई समात्न सकिन्छ । यसरी ती वैदिक ऋषिहरुले वेद र उपनिषद्का ज्ञानहरु यो भावक्षेत्रमा राखिदिएका छन् कि एकै निमेष निर्विचार यहाँ लेटिदिँदा परब्रह्मको ज्ञानप्राप्त हुन्छ ।”

प्रकृतिको अनुपम सौन्दर्यको कालिगढी यहाँ अटसटस छ । बिहानै श्री सूर्यले दिनको पहिलो सौगात मेरा शीरमा चढाउँदाको जीवनमोहिनी सौन्दर्यलाई मातगर्ने कुनै सुन्दरता सृष्टिमा छैन । तारागणहरुले मेरो मुकुटको शोभा बढाउनमा तँछाडमछाड गरी चम्किइरहन्छन् र चन्द्रमा अमृत वर्षाउँछ । म विधाताको न्यायालयको प्रधान न्यायमूर्ति हुँ । म दिनरात दुनियाँका कर्महरु नियालेर मौन साँध्दछु । मौन नै सबैभन्दा ठूलो साधना हो ।

म जसरी सागर हुँदा भित्रभित्र अटल शान्त थिएँ- त्यो मेरो मूल स्वभाव हिमालयकालमा पनि फेरिएको छैन । “ममाथि माथि उर्वर रहेर चुपचाप पहराबाट रसाउँछु र बगाउँछु जीवनस्रावणी नदीहरु। म स्थिर रहेर गतिशीलताको उदाहरण यसरी पनि दिन्छु । म मेरो आकर्षण शक्तिले पुनःतिनीहरुलाई मसम्म फर्किन सक्ने सामर्थ्य दिन्छु ।”

यस्तो लाग्छ कि हिरण्यगर्भबाट निस्किएको कुनै ब्रह्मांश सारा कर्महफलहरु भोगेर पुनःब्रह्ममा मिल्न आउँछ । कालीक प्रलयहरु हजारौँ आउँछन् र ती प्रलयहरु जीवनलाईअझै प्रगतिशील बनाउँछन् र चेतनशील बनाउँछन् मानवजीवनलाई ।

“लमतन्न सुतेको शंकर वेंशीमा म उन्मत्त काली उभिएर शान्त भएको छु।” म एउटा यस्तो प्रतीक हुँ जसले सृष्टिको पूर्ण गोलोपनाको यथार्थ उदाहरण दिन्छु । कालीलाई हेरेर ऋषिहरु अर्थ लगाउँछन् कि कालीरुपी कामबाट सुरु भएर जीवन कामरुपी कालीले नै समाप्त गर्न सक्छ । यो अनौठो उपनिषद्को जग हुँ म । म त्यही अहं ब्रह्मास्मिको उच्चारण गर्ने ऋषिहरुका पाइलाले सर्वांग चुम्बित भएको छु र उर्वर भएको छु ज्ञानभूमिका रुपमा । यहाँ हजारौँ उपनिषद् फल्दछन् । म कहिलेकाहिँ बाचाल हुन्छु र प्रकृतिमा उपनिषद्का शब्द ब्रह्मलाई भण्डारण गर्छु ।

आज फेरि एकपटक बाचाल हुन र मन लागेको छ समयको माकुराजालमा अड्किएर रहेका केहीमनोभावहरुलाई विचारले बढार्न । उचाइबाट बग्दै आएको फोहोर समतल भेटेपछि किनार लागेजस्तो भागिरहेका विचारहरुलाई दशहरामाउर्लिएको भावावेगले बगाउन । सुन्दर समयलहरीमाजलप्रपातले बनाएको ऐनामा दृष्टिभ्रम हुँदा म फलानोँ हुँभनी भेदबुद्धिले बाह्यग्राहीभएर रहेको छु भन्ने कुरा खडेरीमाथाहा लाग्छ ।

म सनातन ब्रह्म हुँ भन्ने महान् वाक्य मैले नै बोलेर समयको अन्तरालमामायामोहादिले वश् भई जालपालमा अड्किएर बिर्सिएको रहेछु । काल्पनिक उपन्यासका पात्रहरुलाई वास्तविक जीवनमा पटाक्षेप गरेझैँ उपनिषद् का प्रज्ञानं ब्रह्म र तत्वमसि पढिरहँदा ए यो त म नै त हुँ नी भन्ने आत्मबोधले, चेतनाले खद्योत विद्युत स्फटिक निलाभां समान अंकित गरी ज्ञान गराउँदछन् र म आफ्नो पुरातन अस्तित्वलाई सम्झिएर झन् विशाल भई उठ्छु ।

म सनातन ब्रह्म हुँ भन्ने महान् वाक्य मैले नै बोलेर समयको अन्तरालमामायामोहादिले वश् भई जालपालमा अड्किएर बिर्सिएको रहेछु । काल्पनिक उपन्यासका पात्रहरुलाई वास्तविक जीवनमा पटाक्षेप गरेझैँ उपनिषद् का प्रज्ञानं ब्रह्म र तत्वमसि पढिरहँदा ए यो त म नै त हुँ नी भन्ने आत्मबोधले, चेतनाले खद्योत विद्युत स्फटिक निलाभां समान अंकित गरी ज्ञान गराउँदछन् र म आफ्नो पुरातन अस्तित्वलाई सम्झिएर झन् विशाल भई उठ्छु ।

ऋषिले सामान्य वाक्यलाई उच्चारण गर्दा शब्दमा प्राण भरेर म मा राखिदिन्छन् र झंकृत गराइदिन्छन्- शब्द नै ब्रह्म हो भनी अन्तरकुन्तरका नाडीहरु र भनिदिन्छन् त्यो निहितं गुहायाम् तँ नै होस् । त्यो नै तँ होस् । म नै तँ हुँ, तँ नै म होस् । हामी अभेद छौँ । सहनाभवतु सहनौ भुनक्तु, सहवीर्यं करवावहै । तेजस्वीनावधीतमस्तु ।

त्यो ब्रह्मलाई हामी सँगसँगै जान्ने छौँ । त्यो तेजलाई एकैसाथ प्राप्त गर्नेछौँ । हामी द्वेष गर्ने छैनौँ । यो अभेदताको पूर्णतामा म चश्म–ए–नमलिएर थर्थर काँपिरहेका ओठलाई उनै महेश्वरमा एकाकार भएको आनन्द पाउँछु । मलाई भयंकर लागेका यम, नचिकेता ब्राह्मण फुच्चेका अति कोमल गुरु र कृपामूर्ति बनेको देख्दा गहभरि आँशु बनाएर ए ! गुरु शिष्य सम्बन्ध भनेको त यो पो त भन्ने लाग्छ र ब्रह्मज्ञानी यमलाई बारम्बार नमस्कार गर्दछु । गुरुत्वको विशाल भावनालाई मैले केवल केही सिद्धि स्वार्थले हेरेर कसरी बस्न सकेको हुँला भनी आत्मग्लानि हुन्छ र आफैँलाई सम्झाउन थाल्छु । आत्माको स्वरुपग्लानि होइन, यदि यसको स्वरुप ग्लानि हुन्थ्यो त यसले यसबाट भाग्ने, उम्कने, छुटकारा पाउने प्रयत्न नै गर्दैनथ्यो । आत्मा त यी सबैभन्दा पर छ । विषय इन्द्रियादिले बनाएको धूलो हो यो जसमा ढाकिएर त्यो आत्मा म रहेको छु, त्यसलाई हटाएर पुनः म मेरै दर्शन परमात्माभावमा गर्नेछु ।

आधुनिक विज्ञानको चपेटामा सूत्रका भारले थिचिएका विद्यार्थीलाई उपनिषद्ले मेरो नजिकै बस, म भनिदिन्छु नि कसरी बन्यो यो संसार ? कसरी बन्यौ तिमी? तिमी को हौ ? तिमी के हौ ? के कारण खोजिरहेछौ विश्वनिर्माणको कारण ? भनिरहेझैँ लाग्छ । मलाई सरल भावमाआफ्ना काखमा राखेर वेद रहस्य सुनाइरहने उपनिषद्हरु स्वयं ब्रह्म समान लाग्छन् । स्वयं ब्रह्म हुन् । स्वयं रुद्र हुन् । महेश्वर हुन् । इन्द्र हुन् । म यिनीहरुको ममतामयी हृदयले पुलकित हुन्छु । “प्राणी प्रेमको वास्तविकअमूत्र्यमूर्ति देखेरै म यिनीहरुलाई प्रेम गर्न थाल्छु र प्रेमको चरमभावमाअद्वैत हुन्छु ।”

एकैछिन सोचेर हेरिदिउँला जीवनमा म को हुँ? भन्ने कुरालाई । साँच्चि म म नै नभएर एउटा पुतलीले देखिरहेको सपना पो हुँ कि ? या म पुतली हुँ र स्वप्नमा म बनाएर एउटा दृश्यको आनन्द लिइरहेको छु ? या म बाँचिरहेछु पुतलीको स्वप्निल संसार ? झल्याँस्स ब्युँझिएर हेर्दा म कुनै फूलमा बसेर रस चुसिरहेको रहेछु भने ? या हाहन्तहन्तनलीनीं गजमुज्जहार हुने हो ? दैनिक प्रलय सुषुप्तिमा पुगेर आफ्नै ब्रह्मभावलाई देखेको छु कि छैन ? पित्तादिले चित्तभ्रमलाई रोकेर गहिरो सुषुप्तिमा त पुगेको छैन ? म द्वैतभावले ग्रस्त भएर झनै दलदलमा नपुगुँ ।

“मन कसरी आत्तिएको छ भने घनघोर वर्षामा तलाउका पानीमा बराबर उठ्दै फुट्दै गरेका फोकाको अस्तित्वको भयानक कल्पनामा रोएर एउटा गण्डकी बनाइदिन्छु । कण्ठमध्येस्थितनीलविष को तापलाई केही सञ्चो होस् भनी त्रिशुली निकालिदिन्छु । आखिर त्यो म नै त हुँ । शिवोहम् ।”

केही समयमा जब म फर्किएर भित्रतिर बग्न थालेको छु उत्तरवाहिनीझैँ, तब लागेको छ कि असिमिततातिर लम्किएको छु । म केही ज्ञानद्वारा अर्को विकल्प ज्ञान उत्पन्न गर्दै कार्य ज्ञान गरिरहेको छु। त्यो अविनाशी आत्मा म नै परब्रह्म हुँ भन्ने ज्ञान पाएर म मुक्तहुने बाटोमा अग्रसर छु भन्ने थाहा पाउँदा एउटा अदृश्य भयले प्रार्थना गरिरहेछु मामाब्रह्मनिराकुर्याम्, मामाब्रह्मनिर्याकुर्यात् । आखिर ज्ञान नै मोक्ष हो र त्यसपछि केवल म छु म हुँ । शिवोहम् । तदपश्यत् तदभूत्, तदासीत् ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्