टोटनह्यामका सनले पूरा गरे दक्षिण कोरियामा अनिवार्य सैन्य तालिम

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका खेलाडी सन हेङ–मिनले अनिर्वाय सैन्य तालिम पूरा गरेका छन् । दक्षिण कोरियामा सैन्य तालिम अनिर्वाय रहेको छ ।

सनले कोरोना भाइरसको महामारीका कारण लिग रोकिएका बेला स्वदेश फर्किएर तीन हप्ते अनिवार्य सैन्य तालिम पूरा गरेका हुन् । उनले सैन्य तालिममा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड पनि जितेका छन् ।

२७ वर्षका सन सुटिङ्गमा उत्कृष्ट रहेको र कुल १५७ जना प्रशिक्षार्थी मध्ये सन सबैभन्दा उत्कृष्ट ठहरिएको सरकारी अधिकारीले बताएका छन् ।

सन गएको मार्चमा दक्षिण कोरिया फर्किएका थिए । दक्षिण कोरियाका हरेक पुरुषले २८ वर्षको हुँदासम्म अनिवार्य सैन्य तालिम पूरा गर्नु पर्छ ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्