लिपुलेकमा भारतले सडक उद्घाटन गरेपछि नेकपाका प्रवक्ता आक्रोशित, तुरुन्तै कदम चाल्न सरकारलाई आग्रह

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेक क्षेत्रमा भारतले सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन् ।

उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा भएको अतिक्रमणविरुद्ध तुरुन्तै कमद चाल्न सरकारलाई आग्रह गरेका छन् ।

‘हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणकोविरुद्ध सरकारले तुरुन्त कमद चालोस्’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेका थिए ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्