लिपुलेक–मानसरोवर सडक निर्माणविरुद्ध माइतीघरमा पनि प्रदर्शन, १३ जना पक्राउ

भारतले लिपुलेक–कालापानीमा बाटो बनाएको विरोध माइतीघरमा प्रदर्शन गरेका युवा–विद्यार्थीलाई पक्राउ गर्दै प्रहरी । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएको तथा नेपाल सरकार मौन रहेको विरोधमा प्रदर्शन गरेका हुन् । १३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी भ्यानमा हालेर लगेको छ ।

यसअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्