काठमाडौँ – संसद भवनमा सांसदहरु बैठकको तरखरमा थिए । संसद भवन बाहिर युवाहरुको समूहले नारा लगाउन सूरु गरे । उनीहरुले भारतले नेपाली भूमि लिपुलेक–कालापानीमा बाटो बनाएको विरोधमा नारा लगाइरहेका थिए ।

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीलेभारतले सीमा मिचेको तथा नेपाल सरकार मौन बसेको विरोधमा प्रदर्शन गर्न पुगेका हुन् । प्रदर्शनकारीले बाटोमै सुतेका पनि थिए । सुतेरै पनि उनीहरु नारा लगाइरहेका थिए । प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजे । प्रहरी उनीहरुलाई रोक्न प्रयासरत थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरी नारा लगाइरहे । उनीहरुले सीमा बेच्न पाईँदैन भन्ने नारा पनि लगाएका थिए । केही बेरमै प्रहरीले उनीहरुलाई पक्राउ गरेर लग्यो । यसअघि उनीहरुले शनिबार माइतीघरमा प्रदर्शन गरेका थिए ।